४ पुस २०८२, शुक्रबार | December 20, 2025

तरकारीको भाउ छोइनसक्नु



काठमाडौं । दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ । चाडपर्वपछि पनि मूल्य घटेको छैन । अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ । कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ । कात्तिक ११ गते प्रतिकिलो ६५ रूपैयाँमा बिक्री भएको बोडीको मूल्य बुधबार एक सय ३० रूपैयाँ पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार हरियो सागको मूल्य दुई सय रूपैयाँ किलो पुगेको छ । साग मात्र होइन सबै हरियो तरकारीको मूल्य किलोको एक सय रूपैयाँभन्दा बढी छ । कालीमाटीमा स्थानीय काउली एक सय २० रूपैयाँ, टमाटर ८० रूपैयाँ, भिण्डी एक सय, सिमी एक सय ३०, घिरौंला ९०, काँक्रो एक सय ४०, करेला एक सय २०, आलु ७१ रूपैयाँ किलोमा बिक्री भएको छ ।

कालीमाटीको तुलनामा उपभोक्ताले खरिद गर्ने खुला बजारमा अझै महँगो छ। तरकारी खुल्ला बजारमा किलोमै ५० रूपैयाँसम्म महँगो छ । खुल्ला बजारमा टमाटर एक सय ३० रूपैयाँ किलो पुगेको छ । त्यसैगरी, खुला बजारमा काउली एक सय ५०, बोडी एक सय ६०, भिण्डी एक सय २०, सिमी एक सय ४०, घिरौंला एक सय, काँक्रो एक सय ५०, करेला एक सय ३० रूपैयाँ किलोमा बिक्री भएको छ ।

तरकारी धेरै महँगो भएपछि न्यून आम्दानी भएकालाई निकै कठिन भएको छ । तरकारी पाउकै ५० रूपैयाँ तिर्नु परेपछि उपभोक्ताले प्रयोगमा पनि कटौती गरेका छन् । होलसेल हुँदै खुद्रा बिक्रेताको पुग्दा उपभोक्ताले अझै धेरै तिनुपर्ने बाध्यता छ । तरकारीको खरिदनै महँगो भएकाले धेरै मूल्यमा बिक्री गर्नुपरेको ढुंगेधारका तरकारी व्यापारी राम सिलवालले बताए । आजको नागरिक दैनिकमा दिलीप पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको