२९ माघ २०८२, बिहिबार | February 13, 2026

चुनावमा कसैसँग तालमेल गर्न जरुरी छैन, कांग्रेस आफ्नै बलबुतामा लड्छ : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्न जरूरी नरहेको बताएका छन् ।

सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल हुने नेताहरूले नै बताइरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेसले कसैसँग तालमेल गर्न जरूरत छैन । आफूनै बलबुतामा लड्नुपर्छ ।’

कांग्रेस आफ्नै एजेण्डामा निर्वाचनमा उभिउनुपर्ने बताउँदै सिंहले अर्थिक सम्पन्नता दिलाउन र कांग्रेस नेतृत्वमा प्राप्त अधिकार संस्थागत गर्नुपर्ने बताए । ‘त्यसपछि मात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जलि मानिनेछ,’ गणेशमान सिंहको १०७ औँ जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने ।

सिंहले अर्ली इलेक्सनबारे सोधिएको प्रश्नमा घुमाउरो जवाफ दिए । ‘अर्ली इलेक्सन विधिसम्वत आयोस् । तर, संविधान र विधि अनुसार गर्नुपर्छ । संविधानको मर्म र भावनाबाहिर गएर कुनै पनि चुनाव हुनु हुँदैन,’ उनले भने ।

राजनीतिक समिति संविधानविपरीत : सिंह

सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएको छ । यो समितिको एमालेले विरोध गरेको छ ।

कांग्रेस नेता सिंह पनि समितिको विपक्षमा उभिएका छन् । ‘अहिलेको अवस्थामा राजनीतिक समन्वय समिति त्यति आवश्यक छ भन्ने लाग्दैन, यो समिति सरकारभन्दा माथि हुन जान्छ, संविधानविपरीत हुन जान्छ,’ उनले भने ।

कम्युनिष्ट पार्टीमा सरकारलाई पनि कन्ट्रोल गर्ने मेकानिजम हुने गरेको उल्लेख गर्दै सिंहले भने, ‘ डेमोक्र्याट पार्टीमा यस्तो समितिको आवश्यकता नभई किन बनाउनु भयो ? राज्य सरकारले सञ्चालन गर्ने हो । पार्टी (कांग्रेस) सभापतिको नेतृत्वमा सरकार छ । सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु संवधानविपरीत हुन जान्छ ।’

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ५३ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक