१ पुस २०८२, मंगलबार | December 17, 2025

चुनावमा कसैसँग तालमेल गर्न जरुरी छैन, कांग्रेस आफ्नै बलबुतामा लड्छ : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्न जरूरी नरहेको बताएका छन् ।

सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल हुने नेताहरूले नै बताइरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेसले कसैसँग तालमेल गर्न जरूरत छैन । आफूनै बलबुतामा लड्नुपर्छ ।’

कांग्रेस आफ्नै एजेण्डामा निर्वाचनमा उभिउनुपर्ने बताउँदै सिंहले अर्थिक सम्पन्नता दिलाउन र कांग्रेस नेतृत्वमा प्राप्त अधिकार संस्थागत गर्नुपर्ने बताए । ‘त्यसपछि मात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जलि मानिनेछ,’ गणेशमान सिंहको १०७ औँ जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने ।

सिंहले अर्ली इलेक्सनबारे सोधिएको प्रश्नमा घुमाउरो जवाफ दिए । ‘अर्ली इलेक्सन विधिसम्वत आयोस् । तर, संविधान र विधि अनुसार गर्नुपर्छ । संविधानको मर्म र भावनाबाहिर गएर कुनै पनि चुनाव हुनु हुँदैन,’ उनले भने ।

राजनीतिक समिति संविधानविपरीत : सिंह

सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएको छ । यो समितिको एमालेले विरोध गरेको छ ।

कांग्रेस नेता सिंह पनि समितिको विपक्षमा उभिएका छन् । ‘अहिलेको अवस्थामा राजनीतिक समन्वय समिति त्यति आवश्यक छ भन्ने लाग्दैन, यो समिति सरकारभन्दा माथि हुन जान्छ, संविधानविपरीत हुन जान्छ,’ उनले भने ।

कम्युनिष्ट पार्टीमा सरकारलाई पनि कन्ट्रोल गर्ने मेकानिजम हुने गरेको उल्लेख गर्दै सिंहले भने, ‘ डेमोक्र्याट पार्टीमा यस्तो समितिको आवश्यकता नभई किन बनाउनु भयो ? राज्य सरकारले सञ्चालन गर्ने हो । पार्टी (कांग्रेस) सभापतिको नेतृत्वमा सरकार छ । सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु संवधानविपरीत हुन जान्छ ।’

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ५३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष