१५ माघ २०८२, बिहिबार | January 29, 2026

बागमतीमा आज जम्कट्टेल मात्र मन्त्री बन्ने, लामालाई रोकाइयो



मकवानपुर । बागमती प्रदेश सरकारमा बिहीबार माओवादीका शालिकराम जम्कट्टेल मात्र मन्त्री हुने भएका छन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी गरेको भए पनि सरकारमा सहभागिताको विषयलाई लिएर कांग्रेसमा विवाद भएपछि चर्चामा भएका निमा लामाले तत्काल मन्त्रीको नियुक्ति खाने सम्भावना टरेको स्रोत बताउँछ ।

बागमतीमा नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे गत ११ कात्तिकमा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेकै दिन उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानलाई मन्त्री नियुक्त गरेका थिए ।

चार सदस्यीय सरकार चलाउँदै आएका पाण्डेले २२ कात्तिकमा विश्वासको मत प्राप्त गरेसँगै सरकारले पूर्णता पाउने चर्चा थियो । तर, बिहीबार माओवादी केन्द्र र कांग्रेसबाट एक एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिए पनि माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका जम्कट्टेललाई मात्र मन्त्री मुख्यमन्त्री पाण्डेले तयारी गरेको बुझिएको छ । जम्कट्टेलले आर्थिक मामिता तथा योजना मन्त्रालयमा मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको भनाइ छ ।

नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका सचिवसमेत रहेका लामा भने मन्त्री खान सिन्धुपाल्चोकदेखि हेटौंडा आइपुगेपनि पार्टीमा आकांक्षी अरु पनि भएकाले तत्काल उनलाई ब्याक गरिएको जनाइएको छ ।

केन्द्रिय गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाएपछि संविधानले दिएअनुसार मन्त्रालय बनाएर सरकार सञ्चालन गर्ने योजना बनाएका छन् । हाल १०९ सदस्य संख्या रहेको बाग्मतीमा २२ वटासम्म मन्त्रालय बनाएर गठबन्धनका आकांक्षीको चित्त बुझाउने योजनामा मुख्यमन्त्री पाण्डे रहेका छन् ।

माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक गरी गठबन्धनका ५९ जना सांसदको समर्थन मुख्यमन्त्री पाण्डेलाई छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  २ : ५९ बजे

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी

मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले

काठमाडौं । पछिल्लो तीन महिनायता काठमाडौंका विभिन्न प्रहरी युनिटमा दैनिकजसो

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई