२१ चैत्र २०८२, शनिबार | April 4, 2026

माओवादी पहिलो दल बन्ने प्रचण्डको दावी



डोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरी पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आश्वासन दिए ।

उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरिहार्य रहेको र त्यो माओबादीले मात्रै बुझेको बताए । शान्त्ति प्रक्रियामा आएलगत्तै माओवादी पहिलो दल भएको र अब आउने निर्वाचनमा पनि पहिलो दल बन्ने दावी गरे । उनले अहिलेको गठबन्धन सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृत्ति हराउने बताए ।

अर्थ मन्त्री जर्नादन शर्माले डोल्पाको विकासमा आफूले जति पनि बजेट व्वयस्था गने बताए । डोल्पाका जनताका सबै समस्या हल गर्न तयार रहेको र चीनको तिब्बतको क्याटो नाका हुँदै बाँकेको जमुनाहासम्म सडक निर्माण गरी धो मा सुक्खा बन्दरगाहा निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।

अध्यक्ष प्रचण्ड, कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, अर्थमन्त्री जर्नादन शर्मा र पूर्व शान्तिमन्त्री सत्य पहाडी माथिल्लो डोल्पाबाट आज सदरमुकाम दुनै पुगेका हुन् । दुई दिनको डोल्पा भ्रमण सकेर प्रचण्डको टोली आजै काठमाडौं फर्किएको छ ।

छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ सहित दुई वडाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरू नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : २० बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल