४ पुस २०८२, शुक्रबार | December 20, 2025

रौतहटमा भारतीय कार दुर्घटना, चार नागरिकको मृत्यु



काठमाडौं । रौतहटमा कार दुर्घटनामा परी चार भारतीय नागरिकको ज्यान गएको छ ।

सदरमुकाम गौर-चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजना भारतीय नागरिकको मृत्यु भएको हो । कार सडकबाट करिब २० मिटर तल पोखरीमा खसेको थियो ।

चन्द्रनगिाहपुरबाट गौरतर्फ रातिको समयमा तीव्र गतिमा आउँदै गरेको यू.के.१२ सी २९०० नम्बरको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना हुँदा गहिरो पोखरीको पानीमा डुबेको थियो ।

त्यसपछि कारको सीसा फुटाएर कारभित्र रहेकाहरुलाई उद्धार गर्दागर्दै चारैजनाको मृत्यु भएको र हाल कसैको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको