११ पुस २०८२, शुक्रबार | December 26, 2025

वैकल्पिक बाटो प्रयोग गरेर सर्वोच्च छिरे प्रधानन्यायाधीश



काठमाडौं । राजीनामा माग्दै नेपाल बार एसोसिएसनले अदालत प्रवेशमा रोक लगाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेट प्रयोग गरेर अदालत प्रवेश गरेका छन् ।

कानुन व्यवसायीले सर्वोच्च प्रवेश गर्ने मुल ढोका र महान्यायाधिवक्ता कार्यालय अघिका दुईवटा गेटमा धर्ना दिएपछि जबरा तेस्रो गेटबाट प्रवेश गरेका हुन् ।

अदालत छिर्न सर्वोच्च अदालतअघि दुईवटा, नेपाल बार एसोसिएसन कार्यालय छेउमा अर्को, महान्यायाधिशवक्ता कार्यालयभित्रबाट छिर्ने अर्को सानो ढोका र सिंहरदरवार भित्र रहेको अदालतको एनेक्स भवनमा अर्को गेट छ ।

जबरा अघिल्ला ढोका बन्द भएपछि एनेक्स भवनपट्टीको गेटबाट अदालत प्रवेश गरेका हुन् । यसअघि उनले निवासबाटै मुद्दाको पेसी तोकेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : ३२ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

पुस १५ लाई ‘राष्ट्रिय च्याउ दिवस’ घोषणा, मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू

काठमाडौं । सरकारले प्रत्येक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा