९ चैत्र २०८२, सोमबार | March 23, 2026

दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस



काठमाडौं । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला-मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ ।

दुई बच्चा छन्, श्रीमान् साथमा छैनन् । फुलमायासँग दैनिक ज्याला–मजदुरीबाहेक अरू आयस्रोत स्रोत छैन । अरूका घरमा भाडा माझ्छिन्, लुगा धुन्छिन् । मासिक मुस्किलले १५ हजारसम्म कमाइ हुन्छ ।

‘जेनतेन बच्चाहरू पालिरहेकी छु, महँगीले उनीहरूलाई बिहान–बेलुकी खुवाउनसमेत सकिरहेको छैन,’ फुलमाया भन्छिन्, ‘चिन्तैचिन्ताले राति निन्द्रा पनि लाग्दैन । महँगीले गर्दा हामीजस्ताले भोकै मर्ने अवस्था आउन लाग्यो ।’

अनामनगरमै कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा फुलमायाको भन्दा कम छैन । उनी पनि घरघरमा भाडा र लुगाकपडा धोएर छोराछोरी पाल्छिन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि सीतालाई पनि ‘बच्चा कसरी पाल्ने र चुलो कसरी बाल्ने रु’ चिन्ताले निन्द्रा लाग्दैन । भन्छिन्, ‘ग्यासकै ७५ रुपैयाँ बढेर १५ सय ७५ पुगिसक्यो । के गर्ने होला रु’

अकासिँदो महँगी दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र होइन, मासिक तलबीसमेत मारमा परेका छन् । दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य अकासिएको छ ।

दुई साता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा मूल्यवृद्धि भएपछि सर्वसाधारण थप महँगीको पीडा खेप्न बाध्य छन् । खाद्य तथा हरियो तरकारीको मूल्य छोइसक्नु वृद्धि भएको सर्वसाधारण बताउँछन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेंडा प्रतिकेजी १ सय २०, बोडी १ सय ४०, घिउ मिसी १ सय २०, चमसुर साग १ सय ५०, भिन्डी १ सय १०, ब्रोकाउली १ सय २०, प्याज ७०, परवर सय र पालुंगो साग १ सय ५० रुपैयाँ छ ।

दैनिक उपभोग्यमा चामल, आटा र मैदाबाहेक कुनै पनि वस्तु सयभन्दा कममा पाइँदैन । चिनी, गेंडागुडीमा आटा, मैदालगायत गत दसैंयता प्रतिकेजी ५ देखि १० रुपैयाँ वृद्धि भएको खुद्रा व्यवसायी संघ नेपालले जनाएको छ ।

प्रतिदिन मूल्य अकासिँदै गर्दा सरकार मौन बसिरहेको सर्वसाधारणको गुनासो छ । बजार अनुगमन नियमक निकायसमेत ‘बजार मूल्य के कारण वृद्धि भएको हो ?’ भन्ने बुझ्न अनुगमनमा निस्केको पाइएको छैन । आजको राजधानी दैनिकमा कौशिला कुँवरले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : ०५ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा