२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

स्पेन र क्रोयशिया फिफा विश्वकपमा छनोट



काठमाडौं । स्पेन र क्रोयशिया सन् २०२२ मा कतारमा हुने फिफा विश्वपकमा स्थान पक्का गरेका छन् ।

आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा विजयी हुँदै सन् २०१० को विश्वविजेता स्पेन र क्रोयशिया कतार विश्वकपको लागि छनोट भएका हुन् ।

स्पेनले समूह ‘बी’ को खेलमा स्विडेनलाई १-० गोलले हरायो । स्पेनको जितमा अल्भारो मोराटाले खेलको ८६ मिनेटमा निर्णायक गोल गरे । स्पेन विश्वकपमा लगातार १२औँ पटक छनोट भएको हो ।

जितसँगै समूह ‘बी’ मा स्पेनले ८ खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा छ । स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा छ । समूह ‘एच’ बाट शीर्षस्थानमा रहँदै क्रोयशिया विश्वकपमा स्थान बनाउन सफल भयो ।

आइतबार राति भएको खेलमा क्रोयशियाले रुसलाई १-० गोलले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औँ मिनेटमा आत्मघाती गोल गर्दा त्यसको फाइदा क्रोयशियालाई भएको हो ।

जितसँगै क्रोएसिया १० खेलमा २३ अंक बनाएर शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनायो । दोस्रो स्थानको रुसको १० खेलमा २२ अंक जोड्यो ।

रुसको प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : ०२ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद