२५ माघ २०८२, आइतबार | February 8, 2026

सबै भन्दा बढि आयकर तिर्ने नबिल बैंक छैटौं पटक सम्मानित



काठमाडौं । आर्थिक वर्ष २०७६/२०७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो ।

विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो ।

पछिल्लो १० वर्षमा छैटौं पटक बैंकहरुतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको यस नबिल बैकले व्यापार प्रबर्धन, रोजगारी सिर्जना र कर भुक्तानी मार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्यााएकोमा गर्व महसुस गरेको छ । विभिन्न बैंकिङ गतिविधिहरुको शुरुवात गरेको यस बैंकले अर्थव्यवस्थालाई उकास्ने मात्र नभई समस्त जनताको जीवन यापन र उनीहरुको आर्थिक बृद्धिमा समेत व्यापक पहुँच पुराइरहेको छ ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुजीको १ दशलमव १६ गुणा बढी हो ।

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल र राज्यलाई आर्थिक योगदान पुर्याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : २१ बजे

टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध नेपालद्वारा तेस्रो विकेट, सन्दीपको बलमा टम ब्यान्टन आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको