२२ भदौ २०८३, सोमबार | September 7, 2026

टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध नेपालद्वारा तेस्रो विकेट, सन्दीपको बलमा टम ब्यान्टन आउट



काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भइरहेको खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गरिरहेको छ ।

खेलको छैटौं ओभरको पहिलो बलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डका टम ब्यान्टनलाई एलबीडब्लू आउट गर्दै नेपाललाई तेस्रो विकेट दिलाएका हुन् । ब्यान्टनले पाँच बल खेलेर मात्र दुई रन जोड्न सके ।

नेपालले यसअघि नै इंग्ल्यान्डका दुई शीर्ष क्रमका ब्याटरलाई पवेलियन फर्काइसकेको छ, जसले खेलमा नेपाली टोलीको आत्मविश्वास बढाएको छ ।

यस खेलका लागि नेपालले कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछानेसहितको प्लेइङ-११ उतारेको छ ।

इंग्ल्यान्डको प्लेइङ-११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करन, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वुड छन् ।

नेपाल समूह ‘सी’ मा रहेको छ । यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड सहभागी छन् ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ४ : ०५ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त