२० मंसिर २०८२, शनिबार | December 7, 2025

नबिल बैंक बन्यो हस्तकला व्यापार मेला र प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर



काठमाडौ । नबिल बैंकले नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर देखि ५ मंसिर, २०७८ सम्म हयात रिजेन्सी होटल काठमाडौंमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ ।

नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिंदै यस वर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ ।

महासंघ सँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैकिङ्ग दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको हो । यो साझेदारीले नेपालमा हस्तकला क्षेत्रको विकासमा सहयोगी बैंकको रुपमा नबिल बैंकको प्रतिबद्धतालाई झल्काउँदछ ।

एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ्ग पार्टनरको रुपमा सहभागी हुन पाउँदा र्गवभान्वित महसुश गरेको बैंकका साना तथा मझौला उधम तथा लघुवित्त कर्जा विभाग का प्रमुख  नीरज कुमार बस्नेत डनिलले बताए ।

साथै, यस वर्ष कोभिड १९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुर्नरुत्थान गर्न आर्थिक पहुँच पु¥याई दक्ष जनशक्तिको रोजगारी सुनिस्चित गर्न सहयोग हुने समेत बस्नेतले बताए ।

नेपाली हस्तकला उद्यम र व्यवसाय प्रर्वद्धनका लागि आयोजना गरिने राष्ट्रिय स्तरका व्यापार मेलाहरुमा महासंघ संग नेपालको अग्रणी नबिल बैंक लिमिटेडले निरन्तर रुपमा गरिआएको सहयोग र सहकार्यले उद्यमि एवं समस्त हस्तकला व्यवसायलाई उर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले बताए । साथै, आगामी दिनमा समेत नबिल बैंकबाट निरन्तर सहयोग र सहकार्य हुने अपेक्षा व्यक्त गरे ।

 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : २१ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल