६ बैशाख २०८१, बिहिबार | April 18, 2024

प्रणयिनि (भाग-४)



निभेको आगत

जब मेरो कोखमा भएको कमलको नासो मेरो आलोक, चार पुगेर पाँच बर्षमा हिड्दै थियो । म घरमा काम गर्दै थिएँ । स्कूलका दुईजना शिक्षकहरु लोकबहादुर र कृष्णबहादुर सरहरु अचानक हस्याङ्ग फस्याङ्ग गर्दै हाम्रो घर आउनु भयो । उहाँहरुको चिन्तातुर मुद्रा देखेर हामी खङ्ग्र्रग भयौँ । सोधेँ– के भयो र सर?

लोकबहादुर सरले भन्नु भयो–बडो अनिष्ट भयो नि मेडम । हाम्रो कमल सरलाई आततायीहरु आएर हातमा डोरीले बाँधेर जङ्गलतिर लगे । उनीहरुले चन्दा मागेका थिए, पाँचलाख रुपैयाँ । हेड सर विस्मित हुनुभयो । कमल सरले अग्रसर भएर जिम्मेवारीपूर्वक जवाफ दिनु भयो– “ हामीले कहाँबाट दिने त्यत्रो पैसा? सामुदायिक स्कूललाई के कमाई खाने भाँडो देख्नु भएकोछ तपाईहरुले ? सीमित सरकारी अनुदान हुन्छ । यताउता मागजाङ गरेर भर्खर भवन अलि व्यवस्थित बनाईयो । शिक्षकहरुको मुखमा ताल्चा लाएर चन्दा दिने कुरा भएन । तपाईहरु स्वच्छ विचारले परिवर्तनको लागि नै क्रान्तिमा लागेको हो भने अन्य उपायहरु धेरेछन् ।

कथाकार

माओत्सेतुङ्गले त्यसै भनेका होओइनन् होला,“जनताको चित्त दुखाएर सियो पनि नलिनु”भनेर । तपाईहरु व्यक्तिगत स्वार्थका लागि लुटतन्त्रमा लाग्नु भएकोछ । तपाईहरुले नै मुहानमा पानीको पाइप काटेर बजारमा पानीको हाहाकार पार्नु भयो । पछि मैले जोडिदिएकोले सबैले पानी खान पाएकाछन् । यस्तो अन्याय गर्ने तपाइहरुको राजनीतिक भविष्य छैन । हामीबाट यत्रो नगद सहयोग सम्भव छैन ।”कमल सरले यति भन्नासाथ“ कमाण्डरले मुखमा आक्रोस बाल्दै भन्यो–.उता पाइप पनि जोडिस अहिले चन्दामा पनि भाँजो हाल्दैछस् । पख् तँ मास्टरलाई हाम्रो जनअदालतको खोरमा नपु¥याइ भएन । पख.. । निकै जान्ने खुटियाछस,साले । बाँध यसलाई भनेर तीन जनाले डोरीले बाँधेर घिच्चाउदै लगे मेडम । हेड सरले “ऋण काडेर भए पनि चन्दा दिउँला,छोडिदिनुस” भन्नु भयो । हामीले छुटाउने प्रयास कति ग¥यौं । केही सिप लागेन । उहाँले पनि भन्नु भयो म मर्न तयार छु बरु, अन्याय सहन तयार छैन । हुन दिनुस जे जे पर्ला पर्ला भनेर दुस्साहस निकाल्नु भयो । केही यतैका सोत छातिकोट तिरका चिनेकै थिए । तर कुन्नी त्यता लागेपछि सबै राक्षस हुँदा रहेछ ,मेडम । के गर्ने ।
०००

हामी परिवार मर्माहत भयौं । क्रन्दनले टोलै रन्कियो । रोदनको आँशु घरभरि भयो । यसपछि स्कूल र घरबाट सरकारी निकायमा खबर गरियो । तर खोजी जारी भै रहेको छ भन्ने आश्वासनको झिनो त्यान्द्रो देखाए,सरकारी निकायले । त्यै आश्वासनमा लामै समय झुण्डीरह्यौँ हामी । झण्डै एक बर्ष भैसक्यो । निरुपणको संकेत कतैबाट एक पित्को फेला परेन ।

“अरुको आशमा झुण्डिएको परामुखी जिन्दगी के जिन्दगी, आफनै पौरखमा फुलेको जिन्दगी पो जिन्दगी” भन्ने सिद्धान्तकी म । त्यसको लागि आफै जाने दुस्साहसपूर्ण आत्म निर्णय गरेँ,मैले ।

जिल्लैभरि तिनै क्रान्तिकारी भनिने आततायीहरुको खलकले जबरजस्ती घरमा बसेर खाद्यान्न र पशुहरु लुटमार गर्ने मात्र हैन “सरकारी सुराकी”भनेर जनकारबाही भन्दै ज्यानै समाप्त पारेर आतंक मच्चारहेको थियो भने अर्कोतिर वर्दी र वन्दुकधारी सुरक्षाकर्मीहरुले “आतंककारीलाई पालिस,मिलिस”भनेर घरबाट मान्छे थुत्दै गोली बर्षाउथे, जति धेरै मान्छे मा¥यो त्यति धेरै बढुवामा अङक थपिने रे उनीहरुको । यस्तो थियो,हाम्रो परिवेशको अवर्णनीय कारुणिक कथा । यद्यपी पति वियोगले व्यथित,व्याकुल मेरो मन, आफनो प्यारो जीवन, कमलको सास वा लास जे पाए पनि लिएर आउँछु भनेर उनको खोजीमा एकाग्र भएँ ।

मेरो छोराको जिज्ञासाको कुलोलाई झूटको बालुवाले कहिले कतैबाट तर्काएँ, कहिले कतैबाट तर्काएँ । टाल्दा टाल्दा सकिन । यसपाली त सत्यको खोजीमा हिड्ने अठोट बाँधें । बाबुले अँध्यारो मुख लाएर आमु, म पनि जान्छु हजुरसंगै भन्यो । मेरो मुटुबाट मातृ वात्सल्यता पग्लेर चुहियो । लौ त भनेर उसलाई साथमा लान सहमत भएँ । अनि घरमा सासु ससुरासंग आज्ञा मागें । दुःख र सम्भाव्य खतराको कुराको फेर समातेर उहाँहरुले गम्भीर आशंका व्यक्त गर्नु भयो,एक त महिलाले गरेको यात्राको आँट,दुस्साहस, त्यसमा पनि बच्चा समेत…. ।

ससुराले भन्नु भयो–“अनिश्चितकालीन यात्रा । एक त आइमाई मान्छे,त्यसमा पनि बच्चा लैजान्छु भन्छ्यौ,बुहारी कतै संकट आइपर्ला,कसरी सामना गछ््र्यौ ?भरसक यतै अफिसतिर बुझौंला नि ? नजान पाए हुन्थ्यो ।”

मैले बाध्यता दर्शाएँ–“ बुवा ! ‘सरकारी काम,कहिले जाला घाम’ को संस्कृतिले छोडेन हामीलाई । प्रतीक्षाको घडीको सुई कतिसम्म हेरी बस्ने ?आश्वासनको यतिका दिनसम्मको पर्खाईबाट म निराश भएँ । त्यसो भएर मलाई पर्खिरहन मन लागेन,यो बाटो अपनाएँ । जहाँसम्म बाबु सहित म सुरक्षित रहनेछु,बुवा” । दुस्साहसको सलाई कोर्दै मैले भनेँ ।

आफूभित्रको त्रास र आशंकालाई पैतालामा दबाउँदै हिड्न तम्सेँ,आशाको सानो दियालो बालेर । कमलको प्रतिबिम्ब छोरालाई साथैमा लगेँ,अगाडि लगाएर । कहिले बोक्ने कहिले सुस्त सुस्त हिडाउने गरेँ । हृदयभरिको पीडालाई फुक्न नपाउने गरी मनभित्रै बाँधेर हिडेँ, मुख बोल्ने साथी भयो ऊ । .

खुर्सानीबारीको बाटो समातेँ । कालीमाटी गाउँछेउ पुगेपछि एक दुई जना घाँसे गोठालाहरुको मन छाम्न पुगेँ –
“दाइहरु ! पोहोर साल एकजना युवक मास्टरलाई आतङककारीहरुले डोरीले बाँधेर किउँगाउ स्कूलबाट अपहरण गरी ल्याएका थिए, उहाँलाई कता लगे होलान् ?तपाईहरुले देख्नु भाथ्यो कि?”

ती गोठालाहरुले रानीवनतिर औंँलो सोझाउँदै भने–“देख्या त थ्यौंँ नानी । अझै पत्ता लाग्या नाई ?शायद ऊ.. त्यताातिर लग्यास्तो लाग्थ्यो । हामी त डराइकन लुक्नतिर लाग्यौँ । क्यार्ने नानी, मान्छे हुन कि ,राक्षस ? तिनले त गाउमा आएर डरओमर्नु पारिकन थर्काउँछन्, । एकथरी जङ्गलीहरु धम्काइ लम्काइ खाना ख्वा भनिकन थर्काउँदाछन् । घरका खशी राँगा पनि लुटी लैजादाछन् । अर्काथरि वर्दीलाकाहरु आइकन बन्दुक तेर्साउदै, आतंककारी पालिस,त्यतैतिर मिल्याछस् भनिकन थर्काउँदाछन् । न दिनओ काम अर्न पाइन्छ,राम्रोअरि । न केही आफनो काम अर्न दिन्छन् । न रातमा गतिलोअरि निदाउन दिन्छन् ,नानी के भन्नु र खैं ? यिनै दुई थरीले अरिकन हाम्रा गाउँका मान्छेहरु धेरै लगे । कोइकोइ मात्र फिर्ता आउँछन, धेरै उतै गायब हुन्छन । अहिले यो गाउँका लोग्ने मान्छे र तरुनीहरु धेरै रित्तियाछन् बहिनी । ती मास्टरलाई नि त्यतै लगे होलान् । बा जाइने क्यापो अ¥या । पोरसाल जस्तै लाग्दोछ, एकजना गोरा अग्ला मान्छेकन ऊ माथिउदो रानीवनका जङ्गलतिर लग्यास्तो त लाग्दोछ नानी । बच्चासंग एक्लै रैछेउ राम्रोसं गया है ।”

उनीहरुको कम्पित वाणीबाट निस्केको मर्मभेदी, त्रासदीको रापिलो भुङ्ग्रोमा टेकेर उनीहरुले नै संकेत गरेको रानीवन,छान्ना जङ्गलतिर सोझिएँ । “लक्ष्यमा नपुगी प्यास तृप्ती हुदैन”भन्ने नीतिशास्त्रलाई अङ्गिकार गर्दै पाइला अगाडि सारेँ । छोरालाई झोलामाथि पिठ्युँमा बोकेर, आशाको सानो दियो पछाउँदै । जङ्गल छिर्दा मेरो बाबुको मुटुमा त्रास पसेछ, “ह्याँ त जङ्गल छ त आमु, जङ्गलमा बाघ भालु आउँछ, भुतले लान्छ भन्नु हुन्थ्यो त हजुरले ? जा.ऽ.ऽ अब.कसरी जाने अगाडि”? भन्यो । सानामा उसलाई एक्लै कतै जानुहुन्न बाबु । बाघ भालुले खान्छ, भूत प्रेतले लान्छ भनेर देखाउने गरेको काल्पनिक मनोबैज्ञानिक त्रासले अहिले आफनै बाटो छेकिरहेको थियो ।

तर उध्र्वगति बाल उमेरको बाल मनोविज्ञानमा आमाको दूधमा साहसको खुराक मिलाएर पियाउनु पर्नेमा त्रास पियाउनु गल्ती भएको अनुभूति बल्ल मलाई भयो । अब मैले मेरो छोरोलाई पहिलेका गल्ती सच्याउन साहसको धक्का लगाइरहेकी थिएँ – “त्यसो हैन बाबु,मनलाई दरो,आत्मबललाई दह्रो र बुद्धिले होसियार पु¥याएर काम गरेमा,आइपरेका संकटहरुसंग जुधेर समाधान गर्न सकिन्छ बाबु । सत्य यो हो”भनेर ।

सम्भव भए पनि नभए पनि मैले भनेँ –“चिन्ता नमान बाबु, जे जे सामुन्ने आउँछन् तिनलाई गिड्न मैले खुकुरी ल्याएकी छु” । उसको मुटु दरो पार्ने अलिकति मन्त्र मात्र थियो त्यो,मेरो । सत्य थिएन । उसो त बाटामा सम्भाव्य अरु आवश्यकता पूर्ति र संकटसंग जुध्न झिनो साहसको त्यान्द्रो समातेर मैले झोलामा खुकुरी पनि हालेकी थिएँ । अनि केही चिउरा,विस्कुट, चाउचाउ र एक बोतल पानी र टर्चलाइट तथा सलाई समेत बोकेकी थिएँ, “स्याल मार्न बाघको खजाना” ।

उसको शक्तिपथ म थिएँ, तर चिन्तातुर मेरा गोडाहरु बुढो घोडाका जस्तो गरी लर्खराइरहेका थिए । छाति छचल्किरहेको थियो । गन्तव्य अनिश्चय थियो, अभिमन्युको चक्रव्युह जस्तो । बाटो सघन जङ्गल । चौतर्फी त्रासदीको घुम्टोभित्र हामी थियौं । अगाडि,पछाडि,दायाँ,बायाँ, हिंस्रक अबोध पशुमात्र हैन, हिंस्रक नरपशुहरु पनि हिड्थे होलान्, त्यो जङ्गलको गोरेटो धर्सोबाट । यदी अनिष्टकारी संकट आइपरे अन्ततः म मेरा बाबुलाई दिनसक्ने माया मात्र मसंग बचेको थियो । हाम्रो अगाडि धिपधिप गर्ने आशाको दियो थियो,त्यसैलाई पछ्याउँदै हाम्रा पाइला अगाडि बढ्दै थिए, लुखुर लुखुर ।

हाम्रो यात्रा, जङ्गल झाडी,उबड खाबड,भिर पाखा हुँदै करीब दश पन्द्र किलोमिटर छिचोलेपछि बाबुको पाइलालाई थकान र भोक प्यासले समात्यो, । मैले झोलाबाट केही खाने कुरा र पानी झिकेर बाबुलाई दिएँ । एवम क्रमले ख्वाउने,पियाउने,बोक्ने,हिडाउने गर्दै हामी अगि बढ्दै गयौं विस्तार विस्तार ।

यसरी रानीवन जङ्गलभित्र हिड्दै गर्दा समयको गतिसूचक सूर्यको सिन्दुर पश्चिम क्षितिजमा पुगेर निख्रिएपछि, जङ्गलमा यामिनीको साम्राज्य बढ्दै गयो । गगनचरहरुको कलरवसंगै हामीलाई पनि बासको आवश्यकता प¥यो । थकान र त्रासले हामीलाई थिचिरहेको थियो । मैले झोलाबाट टर्चलाइट निकालेर बालेँ त्यसले अलिकति मन बाल्ने काम भयो । उपयुक्त स्थानको खोजी गर्दै जाँदा संयोगवस एउटा ओढार भेट्टियो । त्यसैलाई आश्रयस्थल बनाएँ । बास बस्यांै । टर्चलाइटको उपयोग गर्दै बाबुलाई पिठ्यूँमा बोकेर नजिकमा उपलव्ध अलिअलि दाउराका झिँजाहरु र केही पात पतिङ्गरहरु जम्मा गरेँ । सलाई कोरेर झोसेँ । बाबुको आँखा उघ्र्रियो, मन उघ्य्रो, मुख उघ्य्रो । मैले पनि मुख फिस्स पारेर छोरालाई अँगालोमा कसेँ, म्वाइ खाएँ । मेरा आँखाबाट पोखिएका आँशु उसको आँखामा तप्प झ¥यो । बाबुले भन्यो–
“आमु ! किन आँशु झार्नु भाको ?” ।
मैले फेरि सत्यलाई मनमा थिचेर असत्य बाहिर पोखेँ–
“बाबु ! यो मेरो आँशु, बस्ने ठाउँ पाइयो भनेर झरेको खुशी हो ।”
अनि झोलाबाट चिउरा, चाउचाउ झिकेँ, पानी झिकेँ । उसलाई दिएँ, एकमुठी चिउरा आफूले खाएँ र दुई घुट्टो पानी पिएँ । एकछिनपछि थाकेको बाबुको आँखाले सुसुप्ती खोज्यो । उसलाई सुताउन म पनि पल्टिएँ ।

यद्यपी उसंग टाँस्सिएका मेरा नयनपट करीब घण्टाभरमै उघ्रिए । किनकी मेरो निन्द्रालाई गिजोल्ने तत्वहरु धेरै थिए,मेरो जीवनमा निवास गरेका–
हराएका जीवनसाथीको कौतुहल, आफनो शरीरभरि छापिएकी परिवेशकी काली यामिनी । कुनै कोणबाट फुत्त निस्कन सक्ने जङ्गलका हिंंस्रक तत्वहरु (मुक जङ्गली पशु र वाचाल नरपशु)को साम्राज्य भएको ठाउँमा जुनसुकै घटना घट्न सक्थ्यो । यिनै सम्भाव्य दुर्घटनाका भयहरुले मलाई चिथोरिरहेको थियो । निन्द्रादेवीले मेरो सुषुप्तिलाई छोडिसकेकी थिइन्,मलाई बचाउन हो या निन्द्रा गिजोल्न हो ।

मेरो निन्द्राभरि प्रकृति गहिरो शून्यमा थिइन् । तत्पश्चात क्रमशः रुखबाट थोत्रा पातहरु पट्ट पट्ट झरे पनि त्राही, सुकेको सानो हाङ्गा फुत्त खसे पनि त्राही, मुसा,कीरा फट्याङ्ग्राले भुईका स्याउला हल्लाए पनि त्राही । यसरी त्रासदीको चौघेराभित्र म थिएँ, मेरो बाबुलाई सुरक्षाको कवच केवल मेरो आत्मबल थियो । यद्यपी लक्ष्य र जिजीविषाहरु मसंग जीवित थिए ।
धेरै समयपछि पूर्वक्षितिजबाट प्रभातीय उषाको आगमन हुने बेला भएछ । रुखमा बसेका गगनचरहरुको कलरव बाक्लिदै आएपछि मेरो मनमा बास बसेको त्रासदी केही हदमा पातलियो । दृष्टिले भूमण्डल र खुट्टाले बाटो देख्ने भएपछि छोरालाई उठाएर अगि लाएँ । सघन रानीवन जङ्गलको गोरटो धर्सो समातेर अगि लागियो, जुन छान्ना लेकको प्रबेशबिन्दु रहेछ । ठाउँ ठाउँमा तेर्सिएका गोरेटा धर्साहरु टिप्दै हराउदै गर्दा भीमकाय भिरमा पुगिएछ । अर्थात बाटो नै बिरिएछ हाम्रो । फेरि फर्केर वर आएर उकालो लाग्न खोज्दा भिर पारिबाट बाघ लामो पुच्छर उचाल्दै लमक्क लमक्क आफनै सुरमा तलतिर झरिरहेको देखियो । अलिकति खुशी लाग्यो, कस्सो बाघको जम्काभेटबाट बचिएछ ।
मैले बाबुलाई देखाएँ । प्रत्येक्ष बाघ देख्न पाएकोमा ऊ आश्चर्यित भयो । जिज्ञासा पसा¥यो –
“कागजमा देखिएको बाघ यही हो आमु ?”
मैले प्रष्ट्याएँ, “हो बाबु,तिमीले कितावमा देखेको टाइगर यही हो । अर्को लाइन योभन्दा अलि ठूलो र पाटे हुन्छ” ।

क्रमशः

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १२ : ४५ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी