१५ चैत्र २०८२, आइतबार | March 29, 2026

लैंगिक हिँसा विरुद्द कानूनी सचेतना जगाउदै कानूनका विद्यार्थीहरु



बुटवल । कालिका मानवज्ञान माबी कानून शिक्षा विभागले नवलपरासी ,रुपन्देही र कपिलवस्तुका ४२ वटा विद्यालयमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा बाल अधिकार सम्बन्धि प्रशिक्षण दिएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई कानूनका विद्यार्थीहरुले प्रशिक्षण दिएका हुन् ।

नेपालमै पहिलोपटक कक्षा ११ र १२ मा कानून विषयमा पठनपाठन शुरु गरेको कालिका मानवज्ञान माविको कानून शिक्षा विभागले हरेक वर्ष विद्यालयका बालबालिका र समुदायको लागि लैंगिक हिँसा विरुद्धको सचेतना कार्यक्रम गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत कानूनका विद्यार्थीहरु विभिन्न विद्यालयमा पुगेर विद्यार्थिहरुलीई हिँसाको कारण, यसको प्रकृति तथा असर तथा यसको न्युनिकरनको बारेमा विद्यार्थीलाई जानकारी दिनुका साथै महिला समुहहरुलाई प्रसिक्षण दिने, कानूनी व्यवस्था र उपचारको लागि गर्नुपर्ने प्रक्रियाको बारेमा सचेत गराउने गरेका छन् ।

कानूनका विद्यार्थीहरुद्वारा स्कूले बालबालिकालाई लैंगिक हिँसा र बाल अधिकारको बारेमा छोटो समय प्रशिक्षण दिदा पनि बालबालिकामा हिँसा विरुद्धको चेतना वृद्धि भएको र बालबालिकाहरुले आफ्ना समस्याहरु खुलेर भन्न सक्ने भएको देवदह माविकी शिक्षिका अम्बिका कंडेलले बताईन् । करिब आफ्नै उमेरका कानूनका विद्यार्थीहरुसंग स्कूले विद्यार्थीहरु बढी खुल्न सक्ने र कानूनका विद्यार्थीहरुले कानूनको अनेकौ पाटोहरु बताउने र आफ्ना अनुभवहरु शेयर गर्ने भएकोले विद्यार्थी लक्षित कानूनी साक्षरता कार्यक्रम प्रभावकारी देखिएको छ । उनले भनिन् ।

लैंगिक हिँसा विरुद्धको अभियान शहर केन्द्रित र अधिकारकर्मी केन्द्रित भैरहेको अवस्थामा कानूनका विद्यार्थीहरुले सचेतनाको अभियान लिएर दूरदराजका विद्यालयमा पुग्नु निकै उदाहरणीय भएको र त्यसले हिँसा विरुद्ध उभिन सक्ने नागरिक तयार गर्न र हिँसा रहित समाजको निर्माण गर्न ठुलो मद्दत पुग्ने अधिकारकर्मी तथा अधिवक्ता हेमा न्यौपानेको भनाई छ ।

कालिकाका कानूनका विद्यार्थीहरुले स्वयमसेवी रुपमा यस्तो कार्यक्रमहरु गर्दै आएका छन्। कार्यक्रमको लागि सामाग्रीहरु तयार गर्ने , विद्यालयमा कार्यक्रम गर्ने जस्ता कामहरु आफ्नै खर्चमा गर्दै आएका छन् भने कार्यक्रमको सहजीकरण विद्यालयले गरिदिने गरेको छ ।
लैंगिक हिँसा विरुद्धको प्रशिक्षण कार्यक्रम लिएर साना बालबालिका माझमा पुग्न पाउदा आफुले सिकेको कुरा अरुलाईसिकाउने अवसर पाएको र हिँसा विरुद्धमा लड्ने उर्जा प्राप्त भएको कार्यक्रममा सहभागी विद्यार्थी तथा कानून विद्यार्थी समाजका अध्यक्ष सन्दिप पौडेल क्षेत्रीले बताए ।

कालिका मानवज्ञान माबीले कानूनका विद्यार्थीहरुलाई व्यवहारिक कानूनी शिक्षा अन्तर्गत प्रहरीसंग विद्यार्थी, स्थानीय सरकारसंग कानूनका विद्यार्थी, संरक्षणमा विद्यार्थी जस्ता लामो अवधिका कार्यक्रम गर्दै आएको छ । विद्योलयले लैंगिक हिँसा विरुद्धको सचेतना, न्यायमा पहुँचको लागि कानूनी मस्यौदा लेखन प्रशिक्षण, मानव अधिकार सचेतना जस्ता एकदिने कार्यक्रमहरु समेत गर्दै आएको र यसले सामाजिक उत्तरदायित्व पुरा गर्न र योग्य कानूनी विद्यार्थी तयार गर्न मद्दत पुगेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

बुटवलमा अवस्थित कालिका मानवज्ञान माविमा ३८ जिल्लाका २२५ जना विद्यार्थीहरु कानून समुहमा अध्ययनरत छन्।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ११ : ०३ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको