२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

राष्ट्रपति भण्डारी आज लुम्बिनी आउँदै, यस्ता छन कार्यक्रम



बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा सहभागी हुन आज लुम्बिनी आउँदै छिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन सुरु भएको हो ।

सम्मेलनको मुख्य समारोहको उदघाटन गर्न राष्ट्रपति भण्डारी लुम्बिनी आउन लागेकी हुन् । विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन आयोजना गरेको हो ।

राष्ट्रपतिले दिउँसो १ बजे सम्मेलनको उदघाटन गर्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए । उनले विश्वविद्यालयमा निर्माण गरिएको केन्द्रीय पुस्तकालय भवनको पनि उदघाटन गर्ने कार्यक्रम छ । त्रियान सम्मेलन उदघाटनअघि राष्ट्रपति भण्डारीले कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रम समेत छ ।

लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुको सहभागी छन् । सम्मेलनको पहिलो दिन बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत भएका छन् ।

थेरबाद बौद्ध संस्कृति र समृद्धि विषयमा अनागारिका प्रितिवती र मदनरत्न बज मानन्धरले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा थेरवादी संस्कृतिलाई मुलुकको समृद्धिसँग जोड्न सकिने भन्दै थेरवादी परसम्पराको प्रवद्र्धनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ । विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा त्रिरत्न मानन्धरको अध्यक्षतामा भएको सम्मेलनमा प्रस्तुत भएका कार्यपत्रमाथि भिक्षु वजिर र डा. रिना तुलाधरले टिप्पणी गरेका छन् ।

त्यस्तै थेरबाद बौद्ध शिक्षण पद्धति विषयमाथि प्रा.डा. भिक्षु सांकिच्च महास्थविरले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस कार्यपत्रमाथि इश्वरचन्द्र विद्यासागर श्रेष्ठले टिप्पणी गरेका थिए । त्यस्तै महायान बौद्ध संस्कृति र समृद्धि विषयमा आचार्य सार्की शेर्पाले कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि डा. शारदा पौडेलले टिप्पणी गरेकी थिइन् । सोही विषयमा प्रा.डा. रमेश ढुंगेल, लोपेन कर्मा यान्चेनले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । विश्वविद्यालयका उपकुलपति प्रा।डा। हृदयरत्न बज्राचार्यको अध्यक्षतामा चलेको दोस्रो सत्रमा प्रस्तुत दुई कार्यपत्रमाथि वेदराज ज्ञवाली र डा. निमा शेर्पाले टिप्पणी गरेका थिए ।

त्यस्तै महायान बौद्ध शिक्षण पद्धति विषयमा डा। तेन्जिङ जिन्पा भूतियाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि प्रा।डा। बिजय वरुवाले टिप्पणी गरेका थिए । त्यस्तै बज्रयान संस्कृति र समृद्धि विषयमा बिहीबार गोष्ठी हुँदैछ । विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले बौद्ध संस्कृतिलाई समृद्धिसँग जोड्ने योजनासहित यो सम्मेलनको आयोजना गरिएको बताए । त्यस्तै रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध संस्कृतिलाई समृद्धिसँग जोड्ने नीतिलाई यो सम्मेलनले टेवा पुर्‍याउने बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : ०९ बजे

ओलीलाई विजयी बनाउन एमालेद्वारा ३० बुँदे अपील सार्वजनिक

झापा । नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण