२५ माघ २०८२, आइतबार | February 8, 2026

ग्लोबल आईएमई बैंकले ग्राहकलाई दियो डिजिटल बैंकिङ प्रयोगको तालिम



बुटवल । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरुलाई एकैठाँउमा भेला गरेर बैंकको डिजिटल बैंकिङ सम्बन्धमा साक्षर गराएको छ । बैंकले लुम्बिनी प्रदेशका ५६ वटा शाखा अन्तर्गतका ग्राहकहरुलाई डिजिटल बैंकिङ सम्बन्धमा साक्षर बनाएका हो ।

बिहिबार बुटवलको राममन्दिर लाईन र अस्पताल लाईन शाखा अन्तर्गतका ग्राहकहरुलाई ग्लोबल आईएमई बैंकको डिजिटल प्रविधिको जानकारी दिईएको छ । बेंका डिजिटल बैंक प्रमुख जाज्र्वल्य ज्योशीले बैंकले हाल संचालनमा ल्याएको डिजिटल प्रविधिका विषयमा साक्षर गराएका थिए । सो अवसरमा जोशीले डिजिटल प्रबिधि प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी र गोपनियताका विषयमा ग्राहकहरुलाई सचेत बनाएका थिए ।

कार्यक्रममा बैंककी रेमिट्यान्स प्रमुख सुवेक्षा राणाले वित्तीय साक्षरता डिजिटल बैंकिङ सम्बन्धि कार्यक्रमको सहजिकरण गर्दै बैंकले आगामी दिनहरुमा अझै स्मार्ट प्रविधिहरु ल्याउने तयारी गरिरहेको बताइन् । उनले बैंकको साना सानो कामलाई पनि बैंक धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै घर वा व्यवसायीक स्थलमै बसेर सम्पूर्ण बैंकिङ सेवा लिन सकिने गरि ग्लोबल बैंकले सेवा दिने प्रयास गरिरहेको जनाइन् ।

लुम्बिनी प्रदेशका ५६ शाखाका ग्राहकहरुलाई ५० स्थानमा आमन्त्रण गरि डिजिटल बैंकको प्रयोग सम्बन्धित विषयहरु जानकारी दिने उद्देश्यले साक्षरता कार्यक्रम राखिएको बैंकका अस्पताल लाईन शाखा प्रमुख हेमन्त कंडेलले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ५ : १५ बजे

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले

सर्वोच्चले अन्तरिम आदेश नदिँदा रेशम चौधरी फागुन २१ को चुनावबाट बाहिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको