२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

मौसममा क्रमश: सुधार हुने, आज यी क्षेत्रमा हिमपातको सम्भावना



काठमाडौं । पछिल्लो तीन दिनदेखिको प्रतिकूल मौसममा क्रमश: सुधार हुँदै जाने भएको छ ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमश: कमजोर बन्दै गएको छ । यी मौसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडौं उपत्यकामा हल्का वर्षा भएको थियो ।

शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

राति प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ३८ बजे

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयन हुँदै

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या

महासंघको निर्वाचनका लागि बुटवल उवासंघबाट अध्यक्ष अर्याल मुख्य प्रतिनिधि चयन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ

पश्चिम एशिया तनाब : १ नेपालीको मृत्यु, २१ घाइते; ११ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण त्यहाँ रहेका नेपालीहरूमा

नेपाली क्लाइम्बिङ टोली चीन जाने

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा