२० भदौ २०८३, शनिबार | September 6, 2026

नेपाली क्लाइम्बिङ टोली चीन जाने



काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलातर्फ स्वस्तिका चौधरीले सहभागिता जनाउने छन् । एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा यही २५ देखि २९ गतेसम्म हुँदैछ । नेपालले बाउल्डर र लिड स्पर्धामा भाग लिने छ ।

एसियाली खेलकुदमा स्थान बनाउन शीर्ष १६ स्थानमा पर्नुपर्ने नेपाल क्लाम्बिङ स्पोर्टस् एशोसिएशनका महासचिव सन्तोष मादेनले बताए । विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनको केकियाओमा हुँदैछ । सो प्रतियोगितामा बाउल्डर विधा मात्र समावेश छ । दुवै प्रतियोगिताको बीचको अवधिमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको उनले बताए ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज एक कार्यक्रमबीच बिदाइ गरे ।

 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ३ : ५५ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा