२१ मंसिर २०८२, आइतबार | December 7, 2025

आजदेखि बाघ गणना सुरु हुँदै, वनमन्त्रीले उद्घाटन गर्ने



चितवन । आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।

चितवन-पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरु तीन कम्प्लेक्सटमा छुट्याइएको छ ।

वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट आज साढे १० बजे राष्ट्रिय बाघ गणनाको उद्घाटन गर्दै छन् । रुखमा क्यामरा जडान गरेर मन्त्रीले उद्घाटन गर्ने छन् । बाघ गणनाका लागि देशभर छ सय क्यामरा प्रयोग गरिने छ ।

बाघ गणना उद्घाटनका लागि वनमन्त्री यादवसहित राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागका डा। रामचन्द्र कँडेललगायतको टिम शनिबार नै चितवन आइपुगेको थियो । क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिने कँडेलले बताएका छन् ।

नेपालमा चितवनलगायत बर्दिया, बाँके, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सन् २०१८ को गणना अनुसार नेपालमा २३५ बाघ छन् ।

सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा छन् । त्यसपपछि बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । नेपालमा सन् २०१३ मा १९८ बाघ भेटिएको थियो ।

बाघ गणना गर्न चितवन-पर्सा कम्प्लेक्समा मात्रै सुरुवाती चरणमा प्राविधिक र कर्मचारी गरी करिब सय जना खटिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गणना गर्दा आवश्यकता अनुसार मोटरसाइकल, गाडी र हात्तीको प्रयोग हुने उनले बताए ।

‘क्यामरामा बाघको फोटो कैद गरिने भएकाले गणना गर्दा प्राय मोटरसाइकल र गाडी नै प्रयोग हुन्छ, खोला तर्नुपर्ने ठाउँमा चाँहि हात्ती पनि प्रयोग हुन्छ’, उनले भने, ‘चितवन-पर्सा कम्प्लेक्समा करिब दुई महिनामा गणना गरेर सकिन्छ ।’

बाघ गणनामा करिब तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बाघ गणनाका लागि विभिन्न संघसंस्थाहरुले पनि सहयोग गर्ने छन् ।

फागुन मसान्तसम्म देशभरको बाघ गणना सकेर आगामी १३ साउनमा विश्व बाघ दिवसको अवसर पारेर नतिजा सार्वजनिक गर्ने विभागको योजना छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : १३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल