२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

साफ च्याम्पियनसिप : राष्ट्रिय ६ खेलाडी समेटेर यु-१९ महिला फुटबल टोली घोषणा



काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने यु-१९ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलाउँदै २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यद्यपि एन्फाले यो नामावली सार्वजनिक गरेको छैन ।

घोषित टोलीमा ६ राष्ट्रिय टोलीका खेलाडी समावेश गरिएको छ । गोलरक्षक अन्जना राना मगर, डिफेण्डरहरु विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकर राष्ट्रिय टोलीका सदस्य हुन् ।

६ खेलाडीले गत साउनमा भएको बंगलोदशविरुद्धको खेल र एएफसी महिला एसियन छनोटमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

यस्तै डिफेण्डर रोजिना श्रेष्ठ, सुस्मा तामाङ, सलोनी राना मगर, मेनुका आले मगर, सरस्वती हमाल, अमिशा कार्कीले यस अघिको यू–१८साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

ढाका हुने सिंगल राउन्ड रोविन साफ प्रतियोगिता २५ मंसिरबाट ६ पुससम्म हुनेछ ।

प्रतियोगिता नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतले सहभागिता जनाउने छन् । नेपालले आफ्नो पहिलो खेलमा २५ मंसिरमा आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यु-१९ नेपाली टोली-

गोलरक्षक-अन्जना राना मगर, अन्किता राई, सावित्री किसन

डिफेण्डर-मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ

मिडफिल्डर-सुस्मा तामाङ, हिमा रावत, दिपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई

फरवार्ड-अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : १३ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की । पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

खासमा बंगलादेशमा भएको के हो ? यताको न्यारेटिभ वार के हो ?

काठमाडौं । युवा विद्रोहले बंगलादेशमा शेख हसिनाको सत्ता पल्टाएको डेढ

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले