२० मंसिर २०८२, शनिबार | December 7, 2025

तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्‍यो प्रस्ताव आह्नवान



काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्व पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको छ ।

एक वर्ष अवधिको निक्षेपका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ ।

कुल निक्षेपमध्ये दुई अर्व ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख राष्ट्रियस्तरका विकास बैंकलाई र १५ करोड २५ लाख फाइनान्स कम्पनीलाई छुट्याइएको छ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आगामी बुधबारसम्म व्याजदरसहितको प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

निक्षेप लिन बैंक सञ्चालनमा आएको दुई वर्ष पूरा भएको हुनुपर्ने, निष्क्रिय कर्जा कुल सापटीको ५ प्रतिशतभन्दा कम रहेको, नाफामा रहेको, घरजग्गा कर्जा सिमाभित्र रहेको हुनुपर्नेलगायतका सर्तहरू तोकिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : २६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल