२० माघ २०८२, मंगलबार | February 4, 2026

लमजुङमा घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित, एक वर्षमा २४ उजुरी, १८ मा मिलापत्र



लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमै सीमित हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीका अनुसार चालू आव ०७८/७९ को हालसम्म २४ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा आएकोमध्ये १८ वटा मिलापत्र भएकोे छ ।

यस्तै आव ०७७/७८ मा ९२ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा परेको थियो । जसमध्ये ६० वटा मिलापत्र भएको छ । यस्तै आ.व ०७६/७७ मा ६१ वटा घरेलु हिंसाको निवेदन परेको छ । जसमध्ये ५२ वटा मिलापत्र भएको छ ।

प्रहरीमा आएको उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान-लगाउन नदिने, घरायसी झैझगडा, बहुविवाहलगायतको घटना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताए । प्रहरीमा आएको उजुरीमा धेरैजसो घरेलु हिंसाका घटना रहेको कार्कीको भनाइ छ ।

उजुरीका दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटनाहरू बढ्दै गएको देखिएको छ । घटना पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनी भन्छन्, ‘हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो ।’

पछिल्लो समय स्थानीय तहको न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाको आउने गरेको राइनास नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक धनकुमारी गुरुङले बताइन् । कुटपिट गरेको, महिला हिसाका बारेमा खान लाउन नदिएकोलगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ११ : ४४ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको