१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेशको नीति : १२ जिल्ला, १२ सांस्कृतिक ग्राम



दाङ । लुम्बिनी प्रादेशिक सरकारले सांस्कृतिक विकासका लागि नयाँ योजना ल्याएको छ । प्रदेशका १२ जिल्लामा १२ सांस्कृतिक ग्रामको स्थापना गरेर सांस्कृतिक पर्यटन विकास गर्ने नीति सार्वजनिक गरेको छ ।

जिल्लाको सास्कृतिक परिचय र विशेषताका आधारमा सांस्कृतिक ग्रामहरु निर्माण हुनेछन् । पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको विशेष कार्यक्रम अन्तर्गत १२ जिल्लाका १२ स्थानमा सांस्कृतिक ग्रामहरू निर्माण गर्न लागिएको हो । जाति भाषा, धर्म संस्कृति, खानपान, रीतिरिवाज, परम्पराका आधारमा त्यसको विकास र चिनारीका लागि ग्रामहरू निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

ुसंस्कृति बचाउ र व्यवसाय गरु भन्ने नीति प्रदेशले लिएको र त्यहीअनुसार सांस्कृतिक ग्रामहरू निर्माण गर्न लागेको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताए । संस्कृतिलाई व्यवस्थापन गरेर व्यावसायिक रूपमा लैजाने उद्देश्यले प्रदेशमा सांस्कृतिक ग्रामहरू जिल्लाअनुसार निर्माण गर्न लागिएको जानकारी दिए ।

संस्कृतिलाई बचाउने परम्परालाई चिनाउने गरी काम हुने उनको भनाइ छ । प्रदेशमा भएको जातिगत विशेषता, धार्मिक विशेषता, सांस्कृति र परम्परागत विशेषतालाई सस्थागत गर्दै संरक्षण तथा विकास गर्न र त्यसबाट आयआर्जन बढाउन सांस्कृतिक ग्राम निर्माण गर्न लागिएको मन्त्री चौधरीको भनाइ छ । उनले यसबाट यो वर्षमा पाँच हजार युवा, महिलालाई सांस्कृतिक रोजगार दिने बताए ।

कुन जिल्लामा कुन सांस्कृतिक ग्राम :

मन्त्री चौधरीले दाङ, बाँके, बर्दियामा थारू संस्कृतिसँग जोडिएका ग्रामहरू निर्माण हुने, प्युठान, अर्घाखाँची र गुल्मी, क्षेत्री बाहुन (खसआर्य) सस्कृति, परम्परा र रीतिरिवाजसँग जोडिएका ग्रामहरू निर्माण गरिने बताए । पाल्पा, रुकुम, रोल्पामा मगर ग्राम, रुपन्देहीमा बहुसांस्कृतिक ग्राम, कपिलवस्तु अवध सांस्कृतिक ग्राम र नवलपरासीमा भोजपुरी सांस्कृतिक ग्राम निर्माण हुनेछन् । यस विषयमा सबै जिल्लाका सरोकारवालाहरूलाई सहभागी गराएर मन्त्रालयले दाङमा अन्तरक्रियासमेत गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : १३ बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको