२० मंसिर २०८२, शनिबार | December 6, 2025

बेलायतमा ओमिक्रोनबाट पहिलो पटक मृत्यु



लन्डन । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार मात्र सरकारले ओमिक्रोन संक्रमित बिरामीहरुलाई अस्पताल भर्ना गरिएको जनाएको थियो ।

‘दुःखका साथ भन्नु परेको छ की ओमिक्रोन संक्रमितहरुलाई अस्पताल भर्ना गर्नु परेको छ र पहिलो पटक एक जनाको ओमिक्रनबाट मृत्यु भएको पुष्टि भएको छ,’ प्रधानमन्त्री जोनसनले भने ।

कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गर्दै आएका छन् ।

नयाँ भेरियन्ट तीव्र बढेपछि सरकारले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ । पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ । विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन् । -एजेन्सी

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : २६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय