१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

‘कालिका रनिङ शिल्ड’ प्रतियोगिता सुरु, प्रतियोगिता ७ दिन चल्ने



बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयले प्रथम जिल्ला स्तरीय ‘कालिका रनिङ शिल्ड’ प्रतियोगिता सुरु गरेको छ । विद्यालयको प्राङ्नमा आजबाट सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेश शिक्षा, विज्ञान,युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खानले उदघाटन गरे ।

उदघाटन समारोहमा बोल्दै मन्त्री खानले कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई भौतिक पुर्वाधारमा आबश्यक बजेट उपलब्ध गराउने आश्वासन दिए । शिक्षामात्र होईन खेलकुदमा पनि इतिहास बनाएको कालिकालार्ई आबश्यक श्रोत साधनको कमीहुन नदिने मन्त्री खानले बताए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यबस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले बिद्यालयमा पुर्वाधारको कमी भएकोले सरकारको ध्यान दिनुपर्ने बताए ।

बिद्यालयका प्राचार्य दिनेश थापाले अतिथिहरुलाई स्वागत गर्दे बिद्यालयको अबस्थाबारे जानकारी गराएको र पुर्वाधार अभाबले सबै बिद्यार्थी भर्ना लिन नसकेको बताए ।

उदघाटन समारोहमा कालिका क्यापसका प्रमुख घनस्याम पाठक, बुटबल नगरपालिका बडा नं १० का वडा अध्यक्ष पदम बहादुर थापा, नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु काउचा जिल्ला खेलकुद बिकास समितिका निर्बतमान अध्यक्ष योग गुरुड, लुम्बिनी खेलकुद परिषदका सदस्य कुष्ण कुमाल लगायले शुभकामना ब्यक्त गरेका थिए ।

विद्यालयको ६५ औं वार्षिकोत्सवको अवसरमा पुसको १ देखि ७ गतेसम्म हुने प्रतियोगितामा रुपन्देही जिल्लाका ३० बढी विद्यालयबाट ५ सय बढी बिद्यार्थी सहभागी भएको बिद्यालयका बिद्यालयका खेलकुद शिक्षक हरि ओलीले जानकारी दिए । विद्यालयका अनुसार प्रतियोगितामा बिजेताले ५० हजार रुपैंया र उपविजेताले ३० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै प्रतियोगितामा तेस्रो हुनलाई २० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले वताए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ८ : २७ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम