२० मंसिर २०८२, शनिबार | December 7, 2025

नबिल बैंक र राष्ट्रिय युवा परिषदले गरे जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम



काठमाडौ । जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम कार्यक्रम समापन भएको छ ।

यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।
तिला गाउँपालिकाका अध्यक्ष रतन नाथ योगीको अध्यक्षता सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व राज्य मन्त्री बल बहादुर महत, विशेष अतिथिको रुपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अन्य विशिष्ट व्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए ।

उक्त कार्यक्रममा बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

त्यस्तै, नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आफ्नो क्षमतालाई कम आकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए ।

नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशिलता विकास र स्वरोजगार प्रवद्धनमा नबिल बैंकको सधै साथ रहने बताए ।

तिला गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सुचना बमोजिम दरखास्त दिई छनौट भएका युवाहरुलाई २०७८/०८/२० देखि २०७८/०८/२७ सम्म संचालित ७ दिने तालिम प्रदान गरिएको थियो । तालिममा ६३२ जनाले आवेदन दिएका थिए । १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिम/कार्यक्रममा महिलाको संख्या आधाभन्दा बढि रहेको थियो ।

 

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ९ : १५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल