७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

तिलोत्तमामा सुनिल ढुङ्गाना स्मृति कपको दोश्रो संस्करण शुरु



तिलोत्तमा । सुनिल ढुङ्गाना स्मृति कप तिलोत्तमा वडा स्तरिय T -20 क्रीकेट प्रतियोगिताको दोश्रो संस्करण आज ( शनिवार ) देखी शुरु भएको छ ।

तिलोत्तमा क्रीकेट बिकास समितिको आयोजना संचालित प्रतियोगिताको तिलोत्तमा नगर खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले उद्घाटन गरेका छन ।

प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १४ टिमको सहभागिता रहेको छ । ज्योतिनगगर खेल मैदानमा संचालित प्रतियोगिता पुस १० गते शनिबार सम्म चल्ने खेल सम्योजक माधव पन्तले जानकारी दिए ।

तिलोत्तमा क्रीकेट बिकास समितिका संस्थापक अध्यक्ष सुनिल ढुङ्गानाको स्मृतिमा गत बर्षदेखि समितिले प्रतियोगिता संचालन गर्न थालेको हो ।

तिलोत्तमा क्रीकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता, तिलोत्तमा नगर खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन समितिका उपाध्यक्ष राजेन्द्र केसिले गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १२ : १७ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।