१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कर्णाली प्रदेशका तीन जिल्लामा एक किलोमिटर पनि कालोपत्रे सडक छैन



सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा कच्ची तथा पक्की गरी करिब एक हजार चार सय ४१ दशमलव १९ किलोमिटर सडक छ । तर यस प्रदेशको डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म एक मिटर सडक पनि कालोपत्रे भएको छैन ।

डोल्पा एक सय सात दशमलब २६ किलोमिटर, मुगुमा २७ किलोमिटर र हुम्ला जिल्लामा २७ दशमलव ११ किलोमिटर कच्ची सडक विस्तार भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/७८) का अनुसार आर्थिक वर्ष २०७७/७८ मा कालिकोट, दैलेख, सल्यान र सुर्खेत जिल्लामा पक्की सडकको तुलनामा कच्ची सडक खासै विस्तार भएको देखिँदैन । तथापि, यी जिल्लामा पक्की सडक कालिकोटमा ६५ दशमलव ९ किलोमिटर, दैलेखमा एक सय ४८ दशमलब ८१ किलोमिटर, सल्यानमा एक सय ४५ दशमलब ८ किलोमिटर र सुर्खेतमा एक सय ८९ दशमलव २८ किलोमिटर सडक छ । कालिकोटमा ३६ किलोमिटर, दैलेख एक सय ३३ किलोमिटर, सल्यानमा ३४ दशमलब ४२ किलोमिटर र सुर्खेतमा ३० किलोमिटर कच्ची सडक रहेको छ ।

जुम्लामा ९४ दशमलव ७६ किलोमिटर, जाजरकोट एक सय ६० दशमलव ४४ किलोमिटर र रुकुमपश्चिम ६३ दशमलव ७३ किलोमिटर कच्ची सडक निर्माण भएका छन् भने जुम्ला ३१ किलोमिटर, जाजरकोट ३७ किलोमिटर र रुकुमपश्चिममा ४७.४ किलोमिटर मात्रै पक्की सडक रहेको छ ।

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : ३७ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना