२५ माघ २०८२, आइतबार | February 8, 2026

स्थानीय खानीहरुको सञ्चालन र उत्पादनमा निजी क्षेत्रलाई संलग्न गराइयोस:कार्यबाहक अध्यक्ष ढकाल



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका विभिन्न स्थानमा रहेका तर सञ्चालनमा आउन नसकेका या कुनै कारणले बन्द रहेका खानीहरु एवं स्थानीय कृषि उपजलगायतमा निजी क्षेत्रलाई पनि संलग्न गराइ अघि बढ्न सके स्वदेशी उत्पादनको प्रवद्र्धन र कलकारखानाको विकासमा सघाउ पुग्ने बताएका छन् ।

रामेछाप उद्योग वाणिज्य संघको १४औँ वार्षिक साधारणसभाको मन्थलीमा उद्घाटन गर्दै उनले स्थानीय स्तरमा रहेका फलाम, शिशा, कोइलालगायतका खानीहरु कुनै बन्द तथा कतिपय निकै रुग्ण अवस्थामा रहेकाले तिनको सञ्चालन गर्न सुझाव दिँदै यी खानीहरुको सञ्चालनका लागि निजी क्षेत्रलाई पनि संलग्न गराउनुपर्ने बताए ।

रामेछापको ठोसेमा रहेको फलाम खानी अहिले बन्द अवस्थामा रहेकाले त्यसलाई सञ्चालनमा ल्याउन र त्यसमा निजी क्षेत्रलाई संलग्न गराउन पनि उनले माग गरे ।

उनले भने पहिले सञ्चालनमा रहेको सो खानीबाट फलाम निकालेर हातहतियार लगायत उत्पादन गर्ने गरिएकोमा अहिले बन्द हुनु राष्ट्रकै लागि क्षति हो, म यस खानी तत्काल सञ्चालनमा ल्याउन नेपाल सरकारलाई माग गर्दछु र यस्ता खानीहरुको सञ्चालनमा निजी क्षेत्रलाई पनि संलग्न गरेर लैजान पनि माग गर्दछु ।

साथै कार्यबाहक अध्यक्ष ढकालले स्थानीय स्तरका उत्पादन र तिनको औद्योगिकीकरण एवं बजारीकरणमा पनि निजी क्षेत्रलाई संलग्न गराउने खालका नीति नियमहरुमा आवश्यक परिमार्जन गरी अघि बढ्न सकेमा यसबाट राष्ट्रिय उत्पादकत्वमा धेरै सहयोग पुग्ने धारणा पनि राखे ।

हरेक उत्पादनशील क्षेत्रमा व्यवसायिकताको विकास गर्नुपर्ने उनकोे सुझाव थियो । कार्यबाहक अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको अर्थपूर्ण सहभागिताले मात्र देशमा समृद्धि हासिल हुने धारणा राखे ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : २८ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय