१३ पुस २०८२, आइतबार | December 29, 2025

प्रेस चौतारीको पौष १२-१३ लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बस्दै, व्यवस्थापनका लागि सम्पर्क सचिवालय खोलियो



बुटवल । प्रेस चौतारी नेपालको लुम्बिनीमा हुने केन्द्रीय कमिटीको बैठकका लागि आइतबार समन्वय तथा सम्पर्क सचिवालय स्थापना भएको छ । रुपन्देहीको लुम्बिनीमा पौष १२ र १३ गते हुने केन्द्रीय कमिटी बैठकको व्यवस्थापनका लागि सम्पर्क सचिवालय स्थापना भएको हो । सम्पर्क सचिवालयको आईतबार एक कार्यक्रमका बीच चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले शुभारम्भ गरे ।

सचिवालयको शुभारम्भ गर्दै बस्नेतले बैठकलाई भब्य र सभ्य रुपमा सफल बनाउन सबै क्रियाशिल चौतारीका सदस्य पत्रकारहरुलाई आह्वान गरे । बैठक आयोजनाको तयारी बारेमा आतिथ्यशाखा प्रेस चौतारी रुपन्देही अध्यक्ष अमृत गिरी लगायतका पदाधिकारीसँग बस्नेतले जानकारी लिएका थिए । देशभरबाट उपस्थित हुने प्रतिनिधि तथा अतिथीहरुको व्यवस्थापनका लागि सचिवालयले तयारी अगाडी बढाएको चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले जानकारी दिए ।

बैठकको एमाले प्रचार विभागमा नव नियुक्त प्रमुख पृथ्वी सुब्बा गुरुङले उदघाटन गर्ने कार्यक्रम तय भएको चातारी रुपन्देही अध्यक्ष अमृत गिरीले बताए । बैठकमा एमाले प्रचार उप प्रमुख विष्णु रिजालको पनि उपस्थिती रहने उनले बताए ।

केन्द्रीय कमिटी बैठकमा देशभरबाट केन्द्रीय कमिटी सदस्य तथा अतिथीहरुसहित ३ सय बढीको सहभागिता रहने प्रेस चौतारीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रदिप आचार्यले बताए । बैठक सफल बनाउनका लागि प्रेस चौतारी रुपन्देहीशाखाको आतिथ्यता रहने चौतारीले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : ३९ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र