७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त



सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रशासनका अनुसार कमलामाई नगरपालिका-४ अन्तर्गत पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुराबजार चोकसम्मको क्षेत्रमा आज साँझ ८ः३० बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू लागू गरिएको हो ।

पुस ६ गते कमलामाई-४ स्थित धुरा बजारमा भएको घटनापछि अवस्था क्रमशः तनावग्रस्त बन्दै गएको थियो । त्यसक्रममा ढुंगामुढा, तोडफोड तथा अवाञ्छित गतिविधि बढेपछि जिल्लाको शान्ति-सुरक्षामा गम्भीर चुनौती देखिएको भन्दै कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।

कर्फ्यू अवधिभर अत्यावश्यक सेवा बाहेक सर्वसाधारण तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ । साथै, पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न तथा कुनै पनि किसिमका सार्वजनिक गतिविधि सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रशासनले सर्वसाधारणलाई संयमित रहन, सुरक्षाकर्मीको निर्देशन पालना गर्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ । शान्ति-सुरक्षा अवस्था सामान्य भएपछि कर्फ्यूबारे थप जानकारी सार्वजनिक गरिने जनाइएको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ९ : १६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज