१३ असार २०८३, शनिबार | June 27, 2026

कालिका रनिङ शिल्ड रोचक मोडमा, भलिबलले उपाधीको निर्णय गर्ने



बुटवल । कालिका मानवज्ञान माबी बुटवलले आयोजना गरेको जिल्लास्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिता रोमान्चक मोडमा प्रवेश गरेको छ । कालिका, एभरेस्ट र कुवरवर्ती स्कूलले ३/३ वटा स्वर्ण पदक जितेपछी रनिङ शिल्ड कस्ले उचाल्ने भन्ने कुरा अन्तिम खेलपछी नै टुङ्गो लाग्ने भएको छ ।

सोमबारसम्म सम्पन्न विभिन्न इभेन्ट्समा प्रतिस्पर्धामा कुवरवर्ती, एभरेस्ट र कालिका मानवज्ञान माबीले ३/३ वटा, नवीन स्कूलले २ वटा तथा सेन्ट जोसेफ,शान्ति नमूना,जनज्योति र मणिमुकुन्द माबिले १/१ वटा स्वर्ण पदक जितेका छन ।

रनिङ शिल्डको विजेताको टुंगो भलिबलको फाइनल पछि मात्र हुनेछ ।

छात्र भलिबलको क्वाटर फाइनलमा एभरेस्ट बोर्डिङ स्कूललाई हराएर दिप बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरिसकेको छ । कुवरवर्ती स्कुल र सेन्ट जोसेफ स्कूल बीचमा पुस ६ गते हुने अर्को सेमिफाइनल खेलले फाईनलमा पुग्ने टिम तय गर्नेछ । फाइनल खेल सम्पन्न भएपछी रनिङ शिल्डको विजेता घोषणा गरिने खेल संयोजक हरिश वलीले बताए ।

प्रतियोगिता अन्तर्गत सोमबार ३००० मिटर दौड, कबड्डि, लङ जम्प र छात्रा भलिबलका फाईनल प्रतिस्पर्धाहरु सम्पन्न भएका छन । कबड्डिमा कालिका मानव ज्ञान माबी, छात्रा भलिबलमा एभरेस्ट बोर्डिङ स्कूलले उपाधी जितेका छन ।

विभिन्न इभेन्ट्सका प्रतिस्पर्धामा विजयी खेलाडिलाई विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामिले मेडल र प्रमाणपत्र प्रदान गरे ।
मंगलबार छात्र भलिबलको बाँकी खेलहरु र ५००० मिटर खुला दौड प्रतियोगिता हुने खेल संयोजक हरिश ओलीले बताए ।

रनिङ शिल्डमा उत्कृष्ट विद्यालयलाई वार्षिकोत्सब मूल समारोहमा नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ०२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट