७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

बुटवलमा पुस ९ र १० गते लुम्बिनी प्रदेश स्तरिय सि लेभल आशिष कप व्याडमिन्टन प्रतियोगिता हुने



बुटवल । आशिष स्टेशनरी तथा स्पोर्टस हाउसको आयोजनामा लायन्स क्लब अफ बुटवलको सहकार्यमा प्रथम लुम्बिनी प्रदेश स्तरिय सि लेभल आशिष कप व्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ ।

देविनगरस्थित कबर्ड हलमा पुस ९ र १० गते आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरि बताएको हो ।

आशिष स्पोर्टस हाउसका संचालक आयुष श्रेष्ठले खेलकुदलाई जोडेर अभियान शुरुवात थालेको बताए । उमेर समुहका खेलाडी उत्पादन गर्न सहयोग हुने गरि प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।

प्रतियोगितामा उपाधि विजेताले नगद ३० हजार रुपैया, मेडल, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि दोस्रो टिमले नगद २० हजार र तेस्रो हुने टिमले नगद १५ हजार सहित मेडल, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदयमान खेलाडीलाई विशेष पुरस्कार, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १ सय ३२ टिम सहभागी हुने उनले बताए ।

लायन्स क्लबका अध्यक्ष अन्जिल खान, सल्लाहकार सन्दिप कशौधन, मुख्य एम्पायर अर्जुन कार्कीले युवा खेलाडी उत्पादनका लागि सबै सरोकारवाला एकतावद्ध भएर लाग्नुपर्ने बताए । दुई दिन संचालन हुने प्रतियोगितामा ५ लाख खर्च हुने आयोजकहरुको अनुमान छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ५ : ३२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल