२० मंसिर २०८२, शनिबार | December 6, 2025

सामुदायिक विद्यालयहरुले आफ्नै गाउँको सेवामा समर्पित हुने जनशक्ति उत्पादन गर्न आवश्यक : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्तिहरु उत्पादन गर्नु पर्ने बताएका छन् ।

कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६१ औँ बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मुल समारोह कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले बैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतालाई राक्न कालिका मानवज्ञान जस्ता विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्तिहरु उत्पादन गर्नु पर्ने बताएका हुन् ।

उनले नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुक नभएको पनि बताए । मुख्यमन्त्री केसीले कालिका मानविज्ञानबाट अन्य विद्यायलले पनि धेरै कुरा सिक्न सक्ने बताउँदै विद्यालयको शिक्षा र भौतिक विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘कालिका मानवज्ञान प्रदेश र राष्ट्रकै प्रतिस्पर्धामा आएर आज कालिकालाई पूर्व मेची र पश्च्मि महाकालिसम्मबाट केही नमुनाको रुपमा आत्मसाथिकरण भएको छ । यस विद्यालयको शिक्षा र भौतिक संरचनामा गुणात्मक परिर्वतनका लागि राज्यले जति लगानी गर्नुपर्छ त्यो गर्छ ।’(उनले भने ।

वार्षिकोत्सब समारोहमा विद्यालयमा उत्कृष्ट शिक्षक गर्ने शिक्षक, कर्मचारी र भुतपुर्व शिक्षकलाई सम्मानका साथै काऐका रनिङ शिल्ड विजेता विद्यालयलाई शिल्ड र नगद पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामिको अध्यक्षतामा भएको मूल समारोह कार्यक्रमको सन्चालन सुदर्शन रेग्मिले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयको वार्षिक प्रतिवेदन र भावी योजनाहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : ५९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले