७ आश्विन २०८३, बुधबार | September 23, 2026

सामुदायिक विद्यालयहरुले आफ्नै गाउँको सेवामा समर्पित हुने जनशक्ति उत्पादन गर्न आवश्यक : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्तिहरु उत्पादन गर्नु पर्ने बताएका छन् ।

कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६१ औँ बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मुल समारोह कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले बैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतालाई राक्न कालिका मानवज्ञान जस्ता विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्तिहरु उत्पादन गर्नु पर्ने बताएका हुन् ।

उनले नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुक नभएको पनि बताए । मुख्यमन्त्री केसीले कालिका मानविज्ञानबाट अन्य विद्यायलले पनि धेरै कुरा सिक्न सक्ने बताउँदै विद्यालयको शिक्षा र भौतिक विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘कालिका मानवज्ञान प्रदेश र राष्ट्रकै प्रतिस्पर्धामा आएर आज कालिकालाई पूर्व मेची र पश्च्मि महाकालिसम्मबाट केही नमुनाको रुपमा आत्मसाथिकरण भएको छ । यस विद्यालयको शिक्षा र भौतिक संरचनामा गुणात्मक परिर्वतनका लागि राज्यले जति लगानी गर्नुपर्छ त्यो गर्छ ।’(उनले भने ।

वार्षिकोत्सब समारोहमा विद्यालयमा उत्कृष्ट शिक्षक गर्ने शिक्षक, कर्मचारी र भुतपुर्व शिक्षकलाई सम्मानका साथै काऐका रनिङ शिल्ड विजेता विद्यालयलाई शिल्ड र नगद पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामिको अध्यक्षतामा भएको मूल समारोह कार्यक्रमको सन्चालन सुदर्शन रेग्मिले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयको वार्षिक प्रतिवेदन र भावी योजनाहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : ५९ बजे

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

त्रिशूली । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्डे, सातविसे र नौबिसेमा अहिले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा