७ बैशाख २०८३, सोमबार | April 21, 2026

मनाङ र मछिन्द्रको महाभिडन्त खेल फिफा रेफ्री प्रज्वलले खेलाउने



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एएफसी छनोटको रुपमा हेरिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको ुमहाभिडन्त खेलु फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउने भएका हुन् ।

शनिबार तय दोस्रो खेलमा युवा फिफा रेफ्री प्रज्वल क्षेत्री रेफ्रीको भूमिकामा रहँदा सहायक रेफ्रीमा फिफा नानिराम थापा र शुक्र तामाङ रहने छन् । यस्तै फोर्थ रेफ्रीमा कबिन ब्यन्जनकार रहने रेफ्री स्रोतले बतायो ।

यसअघि रेफ्री बिभागले तुफान कुमार लिम्बुलाई सहायक रेफ्रीको भूमिका दिए पनि उनको नाम काटेर अन्तिममा नानीरामलाई जिम्मेवारी दिइएको हो । धनकुटाका तुफानले पहिलो पटक पोखरामा नेपाल पुलिस र मनाङको खेल खेलाउदै शीर्ष डिभिजनमा डेब्यू गरेका थिए ।

प्रज्वल र कबिन फिफा रेफ्री हुन् भने नानीराम फिफा सहायक रेफ्री हुन् । यता शुक्र भने ए श्रेणीका राष्ट्रिय सहायक रेफ्री हुन् । पछिल्लो समय क्लबहरुले बिना अनुभव रेफ्रीलाई खेल खेलाउन दिँदा खेलनै बिग्रिएको भन्दै गुनासो गरेका थिए । जसमा एन्फा विभाग सतर्क रह्यो ।

यसपटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौं चरणमा शीर्ष स्थानमा रहदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ ।

जारी लिगमा मछिन्द्रलाई २ अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा छ । साझ हुने पौने ५ बजेको खेलमा भिड्दै छन् मनाङ र मछिन्द्र । दुबै टोलीको लक्ष्य खेल जित्दै तीन अंक जोड्ने हुनेछ ।

आजको जितले मनाङ शीर्षस्थानमा रहँदै एएफसी कपमा छनोट हुनेछ । यदि मछिन्द्रले जिते सातौं चरणको खेलले छनोट पुग्ने टोलीको निर्णय गर्नेछ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ११ : २५ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका