१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

एभीसी भलिबल: उपाधिका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल 



काठमाडौं । बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि मंगलबार नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन् ।

साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

पाँच खेलमा १४ अंकसहित नेपाल शीर्ष स्थानमा रह्यो । यस्तै उज्वेकिस्तान १२ अंकका साथ दोस्रो स्थानमा छ ।

लिग चरणमा उज्वेकिस्तानसँग सोझो सेटमा जित निकालेको नेपाली टोली फाइनलमा सहज जित निकाल्दै फेरी स्वर्ण पदक जित्नेमा आशावादी छ ।

‘विपक्षी टोली कमजोर छैन । पहिलो खेलमा हामी घुलमिल भइसकेका थिएनौँ । श्रीलंकासँग दबाबमा खेल्यौ । पछि घुलमिल भएपछि हामी सबै टोलीलाई सोझो सेटमा हराउन सफल भयौं,’ कप्तान अरूणा भन्छिन् ।

‘फाइनलमा पनि सोही अनुसार प्रदर्शन गरेर राष्ट्रलाई फेरी एकपटक स्वर्ण पदक दिलाउनेमा हामी आशावादी छौं ।’

सन् २०१९ मा बंगलादेशमा नै भएको पहिलो संस्करणमा नेपालको पहिलोपटक कप्तानी सम्हालेकी अरूणाले ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिइन् ।

समूह चरणमा बंगलादेश, अफगानिस्तान र किर्गिस्तानमाथि सोझो सेटमा जित निकालेको नेपालले फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ७ : २४ बजे

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप : एमेच्योर सदभाव बने च्याम्पियन, प्रो भुवन सात स्ट्रोकले पराजित

काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल

बिहीबार वर्षाले अवरुद्ध नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं । बिहीबारदेखि हुने भनेको नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ