१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

आज तमु ल्होसार पर्व धुमधामसँग मनाइँदै



काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज धमुधामसँग ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाई बर्ग (बर्ष) लाई बिदाई गरी बाघ बर्ग (बर्ष) लाई स्वागत गरी गुरुङ समुदायले तमू ल्होछार पर्व मनाउने गरेका छन् ।

गुरूङ समुदायको प्ये (शास्त्र) अनुसार गुरूङ समुदायले प्रयोग गर्ने १२ वटा वर्गहरु क्रमानुसार प्रत्येक बर्षको पुष १५ मा परिवर्तन हुने वा फर्की आउने र नयाँ वर्गको सुरूवात हुने भएकोले आजको दिनलाई ल्होछार अर्थात नयाँ वर्षको रुपमा मनाइन्छ ।

गुरुङ समुदायको साँस्कृतिक मान्यता अनुसार गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ वटा बर्गहरु हुन्छन ।

आजदेखि सूर्य उत्तर दिशाबाट दक्षिण पुगी उत्तरतिर फर्कन्छ, जुन बेला पृथ्वीमा सबैभन्दा रात लामो र दिन छोटो हुन्छ । सूर्यले पृथ्वीलाई परिक्रमा गरेर १२ महिना पुग्छ र एउटा ल्हो (वर्ग) ले समय बिताएको हुन्छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ७ : १९ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”