२१ मंसिर २०८२, आइतबार | December 7, 2025

केही सहकारीका गलत कार्यका कारण सहकारी क्षेत्र नै बदनाम भयो : कार्यकारी अधिकृत गुरागाई



बुटवल । राष्ट्रिय सहकारी बैंक लिमिटेडका कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारी संस्था र यसका बारेमा आवश्यक ज्ञान नहुँदा सदस्यहरु नै मारमा पर्ने गरेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बारे जानकारी गराउन सोमबार बुटवलमा आयोजना भएको पत्रकार भेटघाटमा बोल्दै कार्यकारी अधिकृत गुरागाईले सहकारीहरुले कानून विपरित गएर चर्को ब्याजदर कायम गर्ने तथा विभिन्न शुल्क तथा कारबाहीको बहानामा सदस्यहरुलाई नै ठग्ने प्रवृत्तिको अन्त्य गर्नका लागि स्वयम् सहकारी सदस्यहरु नै सचेत हुनु पर्ने बताए।

उनले सहकारी संस्थाहरुलाई नियमन गर्ने निकायहरु कमजोर भएका कारण पनि थप समस्याहरु हुने गरेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै बैंकका सञ्चालक समिति सदस्य माधवलाल देवकोटाले केही सहकारीहरुले गर्ने गलत कामका कारण समग्र सहकारी क्षेत्रले आलोचना खेप्नु परेको गुनासो गरे । उनले सहकारीले धेरै नागरिकलाई सहज र सरल सेवा दिने गरेको दाबी गर्दै सबै सहकारी भने चोखो नरहेको टिप्पणी गरे ।

बैंकको इकाईगत रुपमा साधारणसभा गर्ने नीति अनुसार लुम्बिनी प्रदेशको साधारणसभा मंगलबार बुटवलमा हुँदै छ ।

मुलुकभरका १४ हजार ५ सय बढी सहकारी संस्थाहरु आवद्ध रहेको बैंकमा लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरुबाट १ हजार ६ सय १२ वटा सहकारी संघ–संस्थाका प्रतिनिधिहरुका सहभागीमा साधारणसभा हुने भएको बताइएको छ। लुम्बिनीबाट छनोट भएका ५ प्रतिनिधि मात्र केन्द्रिय साधारणसभामा सहभागि हुन पाउने छन् ।

लुम्बिनीसँगै बाँकी एकाईहरुमा क्रमशः पौष २५ गतेसम्म साधारणसभा सम्पन्न गरी छनोट भएका एकाई प्रतिनिधिहरुको सहभातिामा पौष ३० गते काठमाण्डौंमा केन्द्रिय साधारणसभा सम्पन्न हुने बैंकले जनाएको छ ।

बैंकले ६८ वटा शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा पुर्याउँदै आएको छ । बैंकमा आबद्ध सहकारीहरु मार्फत ४० लाख बढी जनतालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सेवा प्रदान हुँदै आएको बैंकको दाबी छ ।

बिभागीय प्रमुझ नवीन कुमार कार्कीका अनुसार १८ वर्षको अवधिमा बैंकको सेयर पूँजि २ अरोड, निक्षेप ६६ अर्ब ३४ करोड संकलन गरी ३५ अर्ब ९१ करोड कर्जा प्रवाह गर्दै कुल ७१ अर्ब ६५ करोड कारोबार गर्न सफल रहेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ४६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल