१४ चैत्र २०८२, शनिबार | March 29, 2026

कपिलवस्तुमा सुत्केरी हुनेहरुलाई कुखुराको भाले र घिउ



कपिलवस्तु, । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन कपिलवस्तुमा कुखुराको भाले र घिउ उपहार प्रदान गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. १ ले वडा भित्रका सुत्केरीलाई पौष्टिक आहार स्वरुप घिउ र कुखुराको भाले सहयोग गरेको हो ।

स्वास्थ्य संस्थामा प्रसूति गराउने ५५ आमाहरुलाई उपहार प्रदान गरिएको छ । वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले लोकल कुखुराको भाले र एक केजी घिउ उपहार स्वरुप प्रदान गरेका थिए । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउन पर्छ भन्ने सन्देश फौलियोस् भन्ने उद्धेश्यको लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताए ।

यस आर्थिक वर्षमा वडा भित्रका सुत्केरीलाई लक्षित गर्दै गरिएको कार्यक्रमले घरमा सुत्केरी गराउने प्रचलन समेत अन्त्य भएको बताइएको छ । विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्य प्रति गरिने खर्च नभई लगानीको रुपमा लिने गरिएको यस्तो व्यवस्था गरिएको वडा सचिव नरेन्द्र पोख्रेलले बताए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : २७ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको