२१ चैत्र २०८२, शनिबार | April 5, 2026

गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको निर्देशन



काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उमेदवारलाई मतदान गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा प्रतिगामी सक्रिय बनिरहेको विद्यमान राजनीतिक परिस्थितिमा गठबन्धनले रिक्त सबै स्थानमा साझा उम्मेदवार उठाउने निर्णय गरेकाले उनीहरुलाई मतदान गर्न निर्देशन दिएका छन् ।

पाँच दलीय गठबन्धनले रिक्त १९ सिटमा साझा उम्मेदवार उठाउन गरेको निर्णयको सराहना गरिएको उक्त विज्ञप्तिमा गठबन्धन दललाई धन्यवाद दिनुका साथै अन्य दलका सम्बन्धित जनप्रतिनिधि मतदातालाई पनि साझा उम्मेदवारलाई विजय गराउन आग्रह गरिएको छ ।

पार्टीले लुम्बिनी प्रदेशमा दलिततर्फको रिक्त सदस्य पदमा तुलप्रसाद विश्वकर्मालाई गठबन्धनको साझा उम्मेदवार बनाएको विज्ञप्तिमा उल्लेख छ । उनलाई मतदान गरी विजयी बनाउन पार्टीले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ८ : ३४ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा