४ पुस २०८२, शुक्रबार | December 20, 2025

गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको निर्देशन



काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उमेदवारलाई मतदान गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा प्रतिगामी सक्रिय बनिरहेको विद्यमान राजनीतिक परिस्थितिमा गठबन्धनले रिक्त सबै स्थानमा साझा उम्मेदवार उठाउने निर्णय गरेकाले उनीहरुलाई मतदान गर्न निर्देशन दिएका छन् ।

पाँच दलीय गठबन्धनले रिक्त १९ सिटमा साझा उम्मेदवार उठाउन गरेको निर्णयको सराहना गरिएको उक्त विज्ञप्तिमा गठबन्धन दललाई धन्यवाद दिनुका साथै अन्य दलका सम्बन्धित जनप्रतिनिधि मतदातालाई पनि साझा उम्मेदवारलाई विजय गराउन आग्रह गरिएको छ ।

पार्टीले लुम्बिनी प्रदेशमा दलिततर्फको रिक्त सदस्य पदमा तुलप्रसाद विश्वकर्मालाई गठबन्धनको साझा उम्मेदवार बनाएको विज्ञप्तिमा उल्लेख छ । उनलाई मतदान गरी विजयी बनाउन पार्टीले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ८ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको