५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

खोइ सम्पत्ति विवरण ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन) भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ ।

देउवा सरकार भने नैतिक आचरण र पारदर्शितालाई उच्च राख्न सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गर्दै आएको छ । यसअघिका अधिकांश प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयलाई पेस गर्नुपर्ने हुन्छ । कार्यालयले प्रधानमन्त्रीको निर्देशनअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेवसाइटमा नै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण राख्ने गरिँदै आएको छ । यसअघिका कतिपय मन्त्रीले भने आफैंले पनि सम्पत्ति विवरण सार्वजनिक गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाउने गरेका पनि उदाहरण रहेका छन् ।

वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीसहितको २२ सदस्यीय भने सम्पत्ति विवरण बुझाउन अहिले पनि ढिलासुस्ती गरिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८, भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना ९६० दिन० भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रधानमन्त्री देउवासँगै नेपाली कांग्रेसका दुई र नेकपा माओवादी केन्द्रका तर्फबाट दुई गरेर चार जना मन्त्री गत २९ असारमा नियुक्त भएका हुन् । त्यसपछि तीनपटक गरेर देउवाले गत २२ असोजसम्म २० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।

देउवा सरकारका मन्त्री र राज्यमन्त्रीसहित २२ सदस्यीयमा हालसम्म कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री आफैंले रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका छन् । बाँकी २० वटा मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् भने तीन जना राज्यमन्त्री पनि प्रधानमन्त्रीले नियुक्त गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यायलको आधिकारिक बेवसाइट ओपीएमसीएम डट ओरआरजी डट एनपी प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त नभएको भनेर लेखिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले पनि सम्पत्ति विवरणको अभिलेख गर्ने गरेको छ भने अख्तियार तथा अदालतलाई सो विवरणको अध्ययन गर्ने अधिकार कानुनी रूपमा व्यवस्था गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को नियमावलीअनुसार सम्पत्ति विवरण नबुझाएमा कानुनी कारबाही गर्ने व्यवस्था छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ७ : ०९ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर