५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

प्रधानमन्त्री देउवाले भाषण गर्दैगर्दा ‘नो एमसीसी’को प्लेकार्ड देखाउने काे हुन् ?



सुनसरी । २० पुसमा धरान स्थापना दिवस कार्यक्रमको उद्घाटनमा पुगे, प्रधानमन्त्री शेरबहादुर देउवा । दिवसका अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा नै दिएको थियो ।

जब प्रधानमन्त्री देउवा ‘धरान डे’ कार्यक्रमलाई सम्बोधन गर्न पब्लिक हाई स्कुलको मञ्चमा उक्लिए । मञ्च अगाडि फरक दृश्य देखियो ।

एउटा हातमा नेपालको झण्डा अनि अर्को हातमा प्ले कार्ड । झण्डामा लेखिएको थियो( शुम्भ रक्षक नै निशुम्भ भक्षक अनि प्ले कार्डमा ‘गुम्नेछ नेपाल आमा’ शीर्षकको कविता । त्यही कविताको एक लाइनमा थियो ‘नो एमसीसी’

कवितामा लेखिएको थियो

हे धर्ती माँ सुपुत्र गतिलो बिस्यौ कि जन्माउन ?
एमसीसीले तान्दा ती फरिया, ताली झोले ठोक्नेछन् ।।
कानुन नै निब बेच्छ कलमको, न्याय त्यहाँ मर्दछ ।
रक्षक नै छ विदेशी भतुवा, दासत्व स्वीकार्दछ ।।
देशभन्दा ठूलो पार्टी देख्ने, अन्ध दृष्टि फुटाऊ ।
स्वयं आफ्नै चुरासारी, कुलाङ्गारलाई घेराउ ।।
तिम्रा पुत्र रिपु भगत भए, पिउँछन् तिम्रै रक्त ।
छाती तिम्रा परेड खेल्न, आउँछन् विदेशी धूर्त ।।
अर्काकै भरमा चल्छौ यदि भने, के काम तिम्रो यहाँ ?
आर्यघाट बल्दा चिता दनदनी, चित्कार सुन्नु त्यहाँ ।।
बालुवाटार लम्पसार भए, बिक्री गरे सब गरिमा
न गानधारी बन न धृत राष्ट्र, गुम्नेछ नेपाल आमा

कपाल सेतै फुलेका, उमेरले पाको देखिने ती व्यक्ति हुन् धरान उपमहानगरपालिका-७ का बासु चालिसे । ६६ वर्षीय चालिसे अमेरिकाले नेपाललाई दिने मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदान (एमसीसी) संसदबाट पास गर्न नहुने भन्दै विरोधमा आएका हुन् ।

एमसीसी देशको हितविपरीत रहेको भन्दै उनले देश निर्माणमा लागेका रक्षक नै भक्षक भएको र जनता जाग्नुपर्ने बताए ।

एमसीसीको विषय बाहिर आएदेखि करिब डेढ वर्ष अगाडिदेखि उनी झण्डा र कविता लेखिएको प्ले कार्ड लिएर हिँडिरहेका हुन् । झण्डाको अर्को पट्टी राहु र केतु लेखिएको छ । जसको अर्थ चन्द्रमा र सूर्यमा ग्रहण लागि सक्यो भन्दै देशलाई जोगाउनु पर्ने चालिसे बताउँछन् ।

तर, उनले प्रधानमन्त्री देउवालाई देखाउन लागेको प्लेकार्ड र झण्डा सुरक्षाकर्मीले खोसेका थिए । उनी यसअघि नेपाल बैंकमा जागिरे थिए ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १० : ३२ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर