२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्जका मेयरले गरे ‘आगो’ उदघाटन, नागरिकलाई न्यानो दिन चोकचोकमा उपमहानगरको आगो



नेपालगन्ज । अत्याधिक चिसो तथा हुस्सुले जनजीवन कस्टकर बन्न थालेपछि नेपालगन्ज उपमहानगरले नगरका चोक चोकमा आगो बाल्नको लागि दाउरा खसाल्न सुरु गरेको छ ।

शनिबारबाट लगातार हुस्सु र सितलहरका कारण अत्याधिक चिसो बढेपछि नेपालगन्जका त्रीभुवन चोक सहित बिभिन्न चोकहरुमा उपमहानगरले दाउरा खसालेको छ । उपमहानगरले खसालेको दाउरा ड्रम राखेर बाल्न सुरु गरेका छन् । दाउरा उपलब्ध गराएर उपमहानगरले राहत दिएको सदरलाईनका एक व्यवसायीले बताए ।

उपमहानगरका अनुसार नगरका विभिन्न ५० बढी स्थानमा आगो ताप्ने व्यवस्था मिलाईएको छ भने चिसोबाट बचाउनको लागि नगरभित्रका बिपन्न तथा आश्रय विहिनलाई समेत न्यानो कपडा वितरण गर्ने तयारी गरिएको उपमहानगरका प्रशासकिय अधिकृत गुरुदत्त सुबेदीले जानकारी दिए ।

उपमहानगरले वितरण गरेको दाउरामा उपमहानगर प्रमुख डा. धवल शम्शेर राणाले त्रीभुवन चोकबाट आगो बालेर उदघाटन गरेका थिए । आगो उदघाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, उपमहानगर उपप्रमुख उमा थापामगर, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : ०४ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट