५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

नेपालगन्जका मेयरले गरे ‘आगो’ उदघाटन, नागरिकलाई न्यानो दिन चोकचोकमा उपमहानगरको आगो



नेपालगन्ज । अत्याधिक चिसो तथा हुस्सुले जनजीवन कस्टकर बन्न थालेपछि नेपालगन्ज उपमहानगरले नगरका चोक चोकमा आगो बाल्नको लागि दाउरा खसाल्न सुरु गरेको छ ।

शनिबारबाट लगातार हुस्सु र सितलहरका कारण अत्याधिक चिसो बढेपछि नेपालगन्जका त्रीभुवन चोक सहित बिभिन्न चोकहरुमा उपमहानगरले दाउरा खसालेको छ । उपमहानगरले खसालेको दाउरा ड्रम राखेर बाल्न सुरु गरेका छन् । दाउरा उपलब्ध गराएर उपमहानगरले राहत दिएको सदरलाईनका एक व्यवसायीले बताए ।

उपमहानगरका अनुसार नगरका विभिन्न ५० बढी स्थानमा आगो ताप्ने व्यवस्था मिलाईएको छ भने चिसोबाट बचाउनको लागि नगरभित्रका बिपन्न तथा आश्रय विहिनलाई समेत न्यानो कपडा वितरण गर्ने तयारी गरिएको उपमहानगरका प्रशासकिय अधिकृत गुरुदत्त सुबेदीले जानकारी दिए ।

उपमहानगरले वितरण गरेको दाउरामा उपमहानगर प्रमुख डा. धवल शम्शेर राणाले त्रीभुवन चोकबाट आगो बालेर उदघाटन गरेका थिए । आगो उदघाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, उपमहानगर उपप्रमुख उमा थापामगर, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : ०४ बजे

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्

बन्दको हल्ला सुनेपछि रुपन्देहीका विद्यालयले दिए मंगलबार विदा

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर