२ पुस २०८२, बुधबार | December 17, 2025

सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुँदै, भोलिको पेसीमा पनि समस्या आउन सक्ने



काठमाडौं । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली बिहीबार अपरान्ह ४ बजेदेखि सेवा अवरुद्ध हुने भएको छ ।

अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने लागेको हो ।

अदालतमा प्रयोग रहेको सर्भर अपडेट गर्ने प्रयोजनका लागि बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापनलगायतका प्रणालीहरुको प्रयोगमा अवरोध आउने भएका जनाउँदै सर्वोच्चले २२ पुसको पेसीमा स्थिति जनाउने लगायतका कार्य अपरान्ह ४ बजेअगावै सम्पन्न गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

‘सोही कारणले २३ पुस शुक्रबारसमेत प्रणालीहरुमा केही समस्या आउन सक्ने भएकाले धैर्यता गरिदिनु हुन र लामो समयसम्म समेत प्रणालीमा समस्या भइरहेमा सर्वोच्च अदालतको सूचना प्रविधि शाखामा सम्पर्क गर्न’ अदालतले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १० : ४८ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन