५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि



काठमाडौं । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप २४ जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको छ ।

देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पुस महिनामा संकलित जम्मा कोरोनाभाइरसका ११४६ पोजेटिभ नमुनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटामा नमुनाहरु एस जिन नेगेटिभ पत्ता लागेको छ ।  एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा  सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो,’ मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।

मन्त्रालयले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

विज्ञप्तिमा सीमामा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ भएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको जनाइएको छ ।

भारतमा ओमिक्रोन भेरियन्टका बिरामी बढ्दै जाँदा नेपालमा पनि यसको संख्या बढ्न थालेको छ । सीमा क्षेत्रमा कमजोर स्वास्थ्य सुरक्षाका कारण विगतमा जस्तै भारतमा बढ्दा नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो ।

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : ४३ बजे

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा

जितेन्द्र नारायण देव पुनः कांग्रेसमै फर्किए

काठमाडौं । नेकपा एमालेबाट अलग भएर बसेका जितेन्द्र नारायण देवले

पूर्वीतराई जोड्ने दिक्तेल-रेग्मीटार सडकमा घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग