५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

विश्व इतिहासमा आजः रसियाली वैज्ञानिकको अन्तरिक्षमा रेकर्डदेखि प्रसिद्ध वैज्ञानिक स्टेफिन हकिङको जन्मजयन्ती



काठमाडौं । आज ८ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

रसियाली अन्तरिक्ष यात्रीको अन्तरिक्षमा रेकर्ड : सन् १९९४ को ८ जनवरीमा रसियाली अन्तरिक्षयात्री भालेरी पोल्याकोभले रेकर्ड सम्पन्न गरेका थिए । पोल्याकोभ मिर स्पेस स्टेसनमा ४३७ दिन १८ घन्टासम्म अन्तरिक्षमा बसेका थिए ।

फ्रान्समा नयाँ राष्ट्रपति आजकै दिन : सन् १९५९ को ८ जनवरीमा चाल्स डी गाउँली फ्रान्स्को राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको दक्षिणपन्थी राजनीतिक आदर्श गाउँलिज्मले अझै पनि फ्रान्सको राजनीतिमा प्रभाव पारेको छ ।

मन्डेलाको पार्टी स्थापना : सन् १९१२ मा अफ्रिकन नेसनल कंग्रेसको स्थापना भएको थियो । पार्टीका तत्कालिन नेता नेल्सन मन्डेलाले रंगभेदविरुद्धको लडाइँमा ठूलो संघर्ष गरेका थिए । एएनसी अहिले पनि सत्तामा छ । दक्षिण अफ्रिकाको सत्तारुढ राजनीतिक पार्टी हो ।

स्टेफिन हकिङको जन्मजयन्ती : आज अर्थात सन् १९४२ को ८ जनवरीमा विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री तथा लेखक स्टेफिन हकिङको जन्म भएको थियो । बेलायतको अक्सफोर्डमा जन्मिएका उनी पढाइमा अब्बल थिए । उनले भौतिक विज्ञान र ब्रह्मण्डविज्ञानमा उल्लेखनीय काम गरेका छन् । २१ वर्षको उमेरमा उनी अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस नामक रोगबाट पीडित थिए । डाक्टरहरूले उनलाई २ वर्षभन्दा बढी बाँच्दैनन् भनेका थिए ।

तर, उनको रोग डाक्टरहरूले भनेअनुरूप बढेन तर, स्नायु प्रणालीलाई भने कमजोर बनाउँदै गयो । उनको दिमागबाहेक शरीरका कुनै पनि भाग चल्दैनथ्यो । उनी ‘भ्वाइस सिन्थोसाइजर’को सहाराले मात्र बोल्न सक्दथे ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : १७ बजे

काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै ठाउँमा मतपत्र पुग्ने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा