४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादी अध्यक्ष प्रचण्डसहित कैयौं नेताहरुलाई कोरोना संक्रमण



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठसहित कैयौं माओवादी नेताहरुलाई कोरोना संक्रमण भएपछि माओवादीको केन्द्रीय कार्यालय समेत बन्द भएको छ ।

स्वास्थ्य अवस्थामा केही दिनदेखि असहजता महशुस गरेपछि प्रचण्डले शुक्रबार साँझ पीसीआर परीक्षण गरेका थिए । शनिबार आएको रिपोर्ट अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डको अवस्था सामान्य रहेको छ । उनी निजी निवासमै आराम गरिरहेका छन् भने सम्पूर्ण भेटघाट एवं पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ । प्रचण्डको सचिवालयले यस बीचमा सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

आठौं महाधिवेशनमा सहभागी भएका धेरै नेता कार्यकर्ताहरु यतिबेला कोरोना संक्रमण भएको भन्दै सामाजिक सञ्जालमार्फत आफसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गरिरहेका छन् । नेता नारायणकाजी श्रेष्ठले पनि आफुलाई कोरोना संक्रमण भएको भन्दै आइसोलेसनमा बसेको जनाएका छन् ।

कोरोना संक्रमणकै कारण पुस २५ गते बस्ने भनिएको माओवादी केन्द्रीय समितिको बैठक समेत स्थगित भएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको