५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भेगमा बदली हुनका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोखिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

अहिले प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । रातिको समयमा देशभर आंशिकदेखि स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आइतबार पनि सुदूरपश्चिमाञ्चल र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम ७ दशमलब ६ र अधिकतम तापक्रम १८ दशमलब २ डिग्रि सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : २२ बजे

अतिवाद र आचारसंहिता उल्लङ्घनप्रति नेकपा असन्तुष्ट, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्वच्छ, निष्पक्ष र भयमुक्त

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार

काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै ठाउँमा मतपत्र पुग्ने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य