५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

प्रेस चौतारी खोटाङको अध्यक्षमा राई



खोटाङ । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा सञ्जीव राई (सिताराम) चयन भएका छन् । शनिबार दिक्तेलको होटेल शुभदिनमा सम्पन्न पाँचौं अधिवेशनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

प्रेस चौतारीको उपाध्यक्षमा राजन ठटाल र अस्मिता खत्री, सचिवमा दिवस रिजाल, सहसचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चुनिएका छन् ।

सदस्यमा मनोन आचार्य, मिलन आचार्य, दीपेश श्रेष्ठ, योगीन राई, जीवन मगर, चिरञ्जीवी रिजाल, रोसन राई र उमेश भुजेल भएका छन् । यस्तै, दमन राई, हरिबोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राई सल्लाहकार चयन भएका छन् ।

पत्रकार पाण्डे र आचार्य सम्मानित

प्रेस चौतारीले पत्रकार दीपक पाण्डे र इन्द्रप्रसाद आचार्यलाई सम्मान गरेको छ । पत्रकारिता एवं श्रमजीवी पत्रकारको पक्षमा गरेको वकालत र योगदानको कदर गर्दै पत्रकार पाण्डे र आचार्यलाई जिल्ला अधिवेशनको अवसरमा सम्मान गरिएको प्रेस चौतारीका केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज हरिबोल आचार्यले बताए ।

पत्रकार द्वयलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको छ । सम्मानित पत्रकार पाण्डे प्रेस काउन्सिलका सदस्य तथा आचार्य प्रेसचौतारीका केन्द्रीय कोषाध्यक्ष हुन् ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : १० बजे

अतिवाद र आचारसंहिता उल्लङ्घनप्रति नेकपा असन्तुष्ट, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्वच्छ, निष्पक्ष र भयमुक्त

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार

काठमाडौँमा गत माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँ जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै ठाउँमा मतपत्र पुग्ने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य