६ पुस २०८२, आइतबार | December 21, 2025

विश्व इतिहासमा आजः प्रथम विश्व युद्धको औपचारिक अन्त्यदेखि राष्ट्रसंघको महासभाको पहिलो वैठक



आज १० जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

राष्ट्रसंघको महासभाको पहिलो वैठक

सन् १९४६ को १० जनवरीमा संयुक्त राष्ट्रसंघको महासभाको पहिलो वैठक बसेको थियो । बैठकमा ५१ देशका प्रतिनिधिहरुको उपस्थिति थियो ।

चर्चित हास्य पुस्तक प्रकाशन

सन् १९२९ मा हास्य पुस्तक एडभेन्चर अफ टिनटिन प्रकाशित भएको थियो । सो पुस्तक युरोप र संसारका अन्य भागमा निकै चर्चित बनेको थियो ।

प्रथम विश्व युद्धको औपचारिक अन्त्य

सन् १९२० को १० जनवरीमा ट्रिटी अफ भर्साईल्समा हस्ताक्षर भएको थियो । पहिलो विश्व युद्ध अन्त्यका लागि सन् १९१८ को ११ नोभेम्बरमा युद्धविराम भएको थियो । तर भर्साईल्स सन्धीपछि मात्र सो युद्ध औपचारिक रुपमा अन्त्य भएको थियो ।

लिग अफ नेसन स्थापना

सन् १९२० को १० जनवरीमा लिग अफ नेसन स्थापना भएको थियो । पहिलो विश्वयुद्धमा जितेका गठबन्धन राष्ट्रहरुको पहलमा अन्तर्राष्ट्रिय सहकार्यका लागि लिगको स्थापना भएको हो ।

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ११ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ